शनिबार पनि बैंकका शाखा कार्यालयहरू खुल्ने

काठमाडौँ, २८ पुस । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने वाणिज्य बैंक तथा वित्तीय संस्था शनिबार पनि खुला गर्ने भएको छ ।

शनिबार राजश्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर खुल्ने भएको हो ।

चालू आर्थिक वर्षको ६ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहने भएकोले शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ला गरिने बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानाकरी दिए ।

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला हुनेछ। बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थाहरू खुल्ने छ ।