सरकारले आगामी असारदेखि सामाजिक सुरक्षाभत्ता वृद्धि गर्दै

बेझाड, २८ पुस । अब गरीव युवाले रोजगारभत्ता पाउने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसको लागि सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् ।

पाल्पाको रामपुरमा शुक्रबार दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।

मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताए ।

यसैबीच आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउने उनले प्रतिबद्धता जाहेर गरे ।