छोरीको हत्यारा पत्ता नलागेको बेला यो कस्तो कलह ? निर्मला पन्तका बुवा यज्ञराजद्वारा श्रीमतिमाथि निर्घात कुटपिट, भक्कानिदै रुदै यसो भन्छिन निर्मलाको आमा

काठमाडौँ । परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तको असन्तुष्टि, रगतको नमुना दिएको भन्दै निर्मलाका बुबा यज्ञराज पन्तले उल्टाखामस्थित घरमा गएर कुटपिट गरेको निर्मलाकी आमा दुर्गा देवीले बताइन ।

श्रीमान यज्ञरात पन्त र उनकी कान्छी पत्नी लक्ष्मी पन्तले अभद्र ब्यवहार गर्दै दुर्गादेवीमाथी कुटपिट गरेका छन् । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि बुधवार रगतको नमुना दिएकी थिइन । घरमा सल्लाह नै नगरी डीएनए परिक्षणका लागि रगत दिएको भन्दै श्रीमान यज्ञराजले कुटपिट गरेको छिमेकीले बताएका छन् ।

एकातिर छोरीले न्याय नपाएको बेला घरमै यस्तो घटना हुदा न्यायप्रेमी जनता पनि विछिप्त भएका छन ।

निर्मला पन्तको आमा बुबाको कुरा सुन्नुहोस ।