आफ्नो घरमा भीषण आगलागी भयो, बाबुले ५ तला माथिबाट आफ्ना ३ सन्तानलाई बचाउन सडकमा फ्याके, हेर्नुहोस मुटु काप्ने भिडियो ! (भिडियोसहित)

काठमाडौ, २७ पुस । आफ्नो सन्तानको मायाँ कति लाग्छ भन्ने कुरा श्रीलंकाका एक व्यक्तिले पुष्टि गरेर देखाएका छन् । तर उनले देखाएको त्यो मायाँ अनौठो र चुनौतीपुरण थियो ।

सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा देख्न सकिन्छ कि ती बालकका बाबाआमा बस्दै आएको घरको ठुलो भवनमा भिषण आगोलागी भएपछि बाबुले आफ्नो ३ सन्तानलाई बचाउनको लागी ५ तलामाथिबाट सडकमा फ्याकेका छन् ।

ती बाबाका अनुसार श्रीमती सहित ३ सन्तानलाई बचाउने अरु केही उपाय नभएपछि यस्तो गरेको उनले बताए । तर जब उनले आफ्नो ३ सन्तानलाई सडका फ्याके । त्यसपछि आफु र श्रीमतीसहित त्यस भवनमा भएको मानिसहरु धेरै आंतकित भएका थिए ।

तर अचम्म ५ तलामाथिबाट फालिएको ३ बच्चाहरु भाग्यवस बाच्न सफल भएका छन् । किनभने जब भवनमा आगोलागी भयो सडकका धेरै सङख्यामा मानिसहरु आएका थिए । जब माथिबाट बच्चा खसेका देखेका थिए । त्यसपछि ३ वटै बच्चालाई भुइमै खस्न नदिईकन समातेका थिए ।

उता ती ३ वच्चाका आमाबुबा र अन्य मानिसहरु भने आगोलागीमा परेका थिए । स्थानीय मिडियाहरुको अनुसार ती दम्पतीसहित अन्य आगलागीमा फसेकाहरुलाई उद्धार गरि अस्पताल पठाइएको जनाएको छ ।