‘सालको पातको टपरी हुनी’ गीतले तोड्यो रेर्कड, कमायो ४ महिनामा २ करोड भ्युअर्स !

काठमाडौं, २७ पुस । कुलेन्द्र विश्वाकर्मा र विष्णु माझीको अवाजमा रहेको ‘सालको पातको टपरी हुनी’ गीतको म्युजिक भिडियो भाइरल भएको छ ।

नवराज पन्तको शब्द र वसन्त थापाको सङ्गीत रहेको गीतले चार महिना पनि नपुग्दै दुई करोड भन्दा बढि भ्युज कमाएको हो ।

यस भन्दा अगाडी यी चारजनाको टिमले २०६८ मा ल्याएको ‘र्डाडै फुर्के सल्लो’बोलको लोकगीतले पनि त्यत्तिकै चर्चा पाएको थियो । गीत युट्युबमा मात्र नभएर गाउँघर तिर विशेष रुपमा यस गीतको लोकप्रियता झल्कीएको छ ।

गीतको शब्द, संगीत र मौलिक भाकाको कारणले गीतलाई सबजसोले रुचाइएको अनुमान लगाइएको छ ।

गीतका गायक विश्वकर्माले यत्रो चर्चा पाउला भनेर नसोचेको बताए । उनी थप्दछन्, शब्द, संगीतको साथमा स्वर र अभिनय पनि राम्रो भएको कारणले गर्दा दर्शक मन जितेको हो । भिडियोमा नायिका मरिष्का पोखरेल, गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनयलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :