मालपोत कार्यालयमा छड्के, हेर्नुहोस बिजोग, बिचौलियाको मनपरी, हाकिम कै यस्तो गैरजिम्मेवारीपूर्ण जवाफ (भिडियो सहीत)

पोखरा, २७ पुस । मालपोत कार्यालय तनहुको बिजोग सार्वजनिक भएको छ । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले मालपोतको दुर्गती सार्वजनिक गरेको हो । सर्वसाधारणको अत्याधिक चाप हुने सो कार्यालयमा जनताहरु घण्टौ सम्म लाइनमा बस्न बाध्य छन । तर भित्र भित्रै बिचौलिया द्धारा काम भैरहेको भिडियो समेत सार्वजनिक भएको छ । कार्यालयको कार्यसम्पादन लाई लिएर सर्वसाधारणले चर्को आक्रोश ब्यक्त गरे ।

कार्यालयको शौचालय हेर्दा आएको पिसाब पनि रोकिने जस्तो अवस्था छ । कर्मचारी र बिचौलिया बिचको सेटिङ के हो ? भन्ने सवालमा कार्यालयका जिम्वेवारहरु बाट चित्तबुझदो जवाफ नआएपछी बिषय तनहुका सिडिओ सम्म पुगेको छ । सम्पुर्ण नालिबेली सहीतको तलको पुरा कार्यक्रम हेर्नुहोस :