आफु भन्दा १० वर्ष कान्छो निक जोन्ससंग हनिमुन मनाउन गएकी प्रियंका चोप्राको क्यारेवियनको समुद्रमा यस्तो मस्ती – भिडियो हेर्नुहोस

एजेन्सी । बिबाह गरेको धेरै समय बिते पनि बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिवुड अभिनेता निक जोनसको चर्चा अझै सेलाएको छैन । अहिले उनीहरु क्यारेबियन आइल्याण्डमा हनिमुन मनाइरहेका छन । शुक्रबार प्रियंकाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जुन भिडियो निकले खिचेका हुन् । निकले खिचेको उक्त भिडियोमा प्रियंका बिकिनीमा समुद्र किनारमा रमाउदैपिङ खेलिरहेकी छिन् । यो भिडियो इन्स्टाग्राममा निकै लोकप्रिय भइरहेको छ । यो भिडियो भारतमा मात्र हैन अमेरिका लगायत विश्वभर निक्कै भाइरल भएको खबर छ ।

उमेरले १० वर्ष कान्छो निक जोन्ससंग विवाह गरेकी प्रियंका हाल बलिवुड भन्दा हलिवुडमा रमाईरहेकी छिन । प्रियंका र निकले जोधपुरको उम्मेद भवनमा विवाह गरेका हुन् । प्रियंका हिन्दु र निक इशाई भएको हुनाले उनीहरुले डिसेम्बरको सुरुवातमा हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका थिए ।

प्रियंकाको रोजाई अनुसार उनीहरुले मुम्बइ र दिल्लीमा रिसेप्सन दिइसकेका छन भने अब लस एन्जल्समा पनि रिसेप्सन दिने योजनामा छन । तर यति बेला भने दक्षिण अमेरिकाको क्यारेबियन तिर हनिमुनको मज्जा लुट्दै छन यी जोडी । तर यो नै उनीहरुको पहिलो हनिमुनको गन्तब्य भने हैन । उनीहरु क्यारेबियनको गर्मीमा पुग्नु भन्दा अगाडी स्विजरल्याण्डको कठ्यांग्रिने जाडोमा रोमान्स पनि गरिसकेका छन् ।

स्विजरल्याण्डमा प्रियंका र निक

 

उक्त हनिमुनको मिडियामा भाइरल भइरहेको भिडियो तल हेर्नुहोस :