रबि लामिछानेको औपचारिक समाजसेवा सुरु, दर्ता गरे ‘रबि लामिछाने फाउन्डेसन’, कालिकोट पुगेर सुनाए खुसीको खबर

काठमाडौँ, २७ पुस । पत्रकार रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । उहा आफ्नो टिम सहित वुद्ध एयरलाइंस मार्फत कालिकोट लागेका हुन् ।

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उहाकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्तलगत अबलोकन गर्न उहाको टिम त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । त्यस क्षेत्रको लागि अत्यावश्यक उक्त अस्पताल निर्माणका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने भएको छ । त्यसका अलावा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगबाट उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ ।

कालिकोट पुगेर दिए खुसीको खबर

कालिकोट पुगेर रबि लामिछानेले समाजसेवा गर्नको लागी “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी दिएका छन । आज देखि जीवनभर र मृत्यु पछी पनि समाज सेवा गर्ने प्रण पनि गरेका छन् ।

हेर्नुहोस रबि लामिछानेको पुरा स्टाटस :

‘बिकट कर्णाली प्रदेशको कालिकोटबाट यो पोस्ट लेख्दै छु। आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने आधिकारिक प्रण गर्दछु। यो संगै “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी सहितको प्रतिबद्धता सगौरव सार्वजनिक गर्न चाहन्छु। पहिलो प्रयास स्वरुप बिकट कर्णालीको कालिकोटमा रहेको रासकोटमा अब स्मार्ट डिजिटल अस्पताल बन्ने छ।दक्षिण एसिया कै नमुना हुनेछ १५ बेड्को “रासकोट सामुदायिक अस्पताल” ।ईन्टरनेटले साथ दिए केही घण्टामा रास्कोट पुगि Live आउनेछु।’