बिचौलियाको ब्रम्हलुट : उत्पादन गर्ने कृषकको भन्दा दोब्बर फाईदा लिएको पाइयो (भिडियो सहित)

धनकुटा, २७ पुस । बिचौलियाको सिण्डिकेटले किसानले उत्पादन लागत अनुसारको मूल्य पाएका छैनन् भने उपभोक्ताले महँगोमा किन्नुपरेको छ । उत्पादनको मुख्य सिजनमै बिचौलियाका कारण सुन्तलाको बजार प्रभावित बनेको छ ।

बजारमा प्रति किलो एक सय ५० रुपैया सम्म विक्रि हुने सुन्तला किसानले भने प्रतिकिलो ५० रुपैयाँ पनि नपाएपछि धनकुटा तीन कागतेका रमेश घिमिरेले ६ रोपनीमा फलाएको सुन्तला बिक्री गर्न सकेका छैनन् । बगैँचादेखि बजारसम्म तहतहको जालो बनाएर बसेका बिचौलियाका कारण ठूला ब्यापारी किसानको बगैँचासम्म नपुगेको उनको गुनासो छ धनकुटा ३ कागतेका किसान रमेश घिमिरे ।

किसान आफै ठूला ब्यापारी र बजारसँगको सोझो सम्पर्कमा छैनन् । यसले अन्य कृषि उपजमाझै सुन्तलामा पनि बिचौलियाको ठगी छ । किसानले पाउने दर र बजार मूल्यबीच ठूलो अन्तर रहेको किसानको भनाइ छ । औषत हिसाव गर्दा, धनकुटामा उत्पादित ५१ लाख ८४ हजार किलो सुन्तला बिक्रीबाट उत्पादकले सरदर २५ करोड ५० लाख रुपैयाँ मात्रै पाउँछन् । तर, बिचौलियाले बिना जोखिम र मेहनत त्यही सुन्तलाबाट उत्पादकको भन्दा दोब्बर लाभ लिन्छन् । सुन्तला किसान जितेन्द्र राई ।

किसान र ठूला ब्यापारीबीच सीधा बजार सम्पर्क स्थापित गरेर उत्पादक र उपभोक्ता दुबैमाथि भइरहेको ठगी रोक्न सरकारी निकायको ध्यान पटक्कै गएको छैन । एक किलो सुन्तलामा देखादेखि एक सय रुपैयाँसम्म नाफा लिइरहेका बिचौलियाको जालो तोड्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।