ह्विल चियरमा विश्व यात्रा गर्दै तेजबहादुर, नयाँ ह्वल चियर प्रदान भिडियो सहित

उर्लाबारी, पुस २७ । विश्व ह्विल चियर यात्री उदयपुर गाईघाटका तेजबहादुर कार्कीलाई लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले आज ह्विल चियर प्रदान गरेको छ ।

उर्लाबारी ७ स्थित नमुना बाल गृहमा एक कार्यक्रमको आयोजना गरी लायन्सले दुबै खुट्टा गुमाउनुभएका कार्कीलाई सो ह्विल चियर प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब नेपालका स्पेशल एडभाईजर तेजकुमार रिजाल, एरिया कोअर्डिनेटर बालचन्द्र शुब्बा, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजकी अध्यक्ष गंगा ढकाल, जोन चेयर पर्शन सम्झना खतिवडा, कोमल शाक्य लगायतले हस्तान्तरण गर्नुभएको थियो ।