आफ्नै नेतृत्वमा विकट जिल्ला कालिकोटमा अस्पताल बनाउन हिडे रबि लामिछाने

काठमाडौँ, २७ पुस । पत्रकार रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । उहा आफ्नो टिम सहित वुद्ध एयरलाइंस मार्फत कालिकोट लागेका हुन् ।

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उहाकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्तलगत अबलोकन गर्न उहाको टिम त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । त्यस क्षेत्रको लागि अत्यावश्यक उक्त अस्पताल निर्माणका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने भएको छ । त्यसका अलावा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगबाट उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ ।