राजा आउ देश बचाउ भन्दै सिंहदरवार घेराउ, सिंहदरबार कब्जा गर्ने घोषणा – भिडियो हेर्नुहोस

काठमाडौँ, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहाको जन्मदिनको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने माग गरिएपनि सरकारले राष्ट्रिय विदा भने कटौती गरेको छ । पृथ्वी जयन्तीको अवसरमा शाही युवा शतिm नेपालले र्याली सहितको सभा गरको छ । गोंगबुबाट सुरु भएको र्याली पृथ्वी नारायण शाहको सालिक रहेका सिंहदरबारको पश्चिम ढोकमा पुगेरकोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुले राजाआउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबजी गरेका थिए ।

शाही युुवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले पृथ्वीनारायण शाहाको सालिकामा माल्यार्पण गरेका थिए । माल्यार्पण पछि कोणसाभालाई सम्बोधन गर्दै राष्ट्र निर्मात पृथ्वी नारायण शाहले एकीकृत गरेको नेपाल र त्यसको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार काब्जा गर्न पछि नपर्ने चेतावनी दिएका थिए । खड्काले कम्युनिष्ट सरकारले गणतन्त्रका नाममा धर्म सँस्कृतिको व्यापार गरेको र भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाए । कार्यक्रमको सम्पुर्ण दृश्य भिडियोमा हेर्न सकिनेछ ।