विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाले नयाँ दल दर्ता गरे

काठमाडौं, २७ पुस । विवेकशील साझा पार्टी अन्तत फुटेको छ । पार्टी फुटेसंगै पार्टीका संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दर्ता भएको छ ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेको बुझिएको छ ।

पार्टी एकीकरण भएको दुई वर्ष पनि नहुदै फुटेको हो । विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो ।