दिवा सेवा कम्पाइल्ड समाचार ४० नं आइटमको समाचार सच्याइएको ः हिउँदे अधिवेशन माघ ४ मा

डोटी, २७ पुस | सुदूरपश्चिम सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते अपराह्न २ बजे बस्नका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गरेको छ ।

सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरेको जानकारी पनि दिनुभयो । प्रादेशिक वातावरण संरक्षण व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले बताउनुभयो ।
माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ । रासस