चलाई रहेको मोबाइल खसेर पड्किँदा ७ वर्षीय बालकको मृत्यु,आमा गम्भीर घाइते

मोरङ । मोरङको विरटनगरमा मोबाइल पड्किँदा ६  वर्षीय बालकको मृत्यु भएको छ। भने आमा गम्भीर घाइते भएकी छिन्।

विराटनगर महानगरपालिका-१५ रानीको मण्डल टोलमा आगो ताप्ने क्रममा मोबाइलको व्याट्री पड्किँदा शुक्रबार बिहान रानीस्थित आफ्नै घरमा मोवाइल पड्किँदा बालक अमृत मण्डलको मृत्यु भएको हो भने आमा राधिका मण्डल गम्भीर घाइते भएय्को हो ।

हातमा समाइरहेको मोबाइल खसेर आगोमा परेपछि पड्किएको बताइएको छ। मोबाइल पड्किएर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घाइते राधिकाको सोहि अस्पतालमा उपचार भईरहेको छ।