शुक्रबारदेखि जग्गाको कित्ताकाट खुल्यो, अब घर जग्गा ब्यबसायी मालामाल हुने निश्चित !

काठमाडौं, २७ पुस । गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट आज शुक्रबारदेखि खुला गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन् ।

घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन पनि प्लटिङ गरेर अनुउत्पादित कारोबार गर्न थालेपछि सरकारले रोक्का गरेको जग्गाको कित्ताकाटलाई औपचारिक रुपमा आजदेखि खुल्ला गरिएको हो ।

करिब डेढ वर्ष अगाडी नै सरकारले जग्गा कित्ताकाटमा रोक लगाए पनि सरकारको निर्णयमा विवाद उत्पन्न भएको थियो । यसैबीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट भने गर्ने गरेका थिए ।

अब यो संगै देशका शहरी क्षेत्रमा पुन: जग्गा ब्यबसाय मौलाउने अनुमान गरिएकोछ ।