सिरहाको विभिन्न ठाउँबाट लाखौं बराबरको अबैध भन्सार छलिका समान बरामद

  • आलोक यादव

सिरहा , पुस २७ गते । भारतबाट नेपाल ल्याउदै गरेको अबैध समान जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय बिष्णुपुर , प्रहरी चौकी औरहि सिरहाको मातहत समेतबाट खटिएको प्रहरी टाेलिले निम्न परिमाणको समानहरु बरामत गरेको छ ।

तुलसी -७५ प्याकेट , बल्याक चुरोट ७५ बनडल , सर्टको पाइनटको कपडा ३४ पिस , लुङ्गी ३३ पिस , सर्टको कपडा २० पिस ,बिमल लेखेको कपडा ५ थान , सुतिको साडि ६५ थान सहित जम्मा एक लाख छियासठि हजार मुल्य बराबरको भन्सार चोरी पौठारिको सामान फेला पारी बरामद गरेको र उलल्खित बरामद समान भन्सार कार्यालय मा बुझाएको । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि माधव राज खलेलले जानकारी दिए ।