डेढ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट आजबाट खुल्ला, अब फेरी जग्गाको प्लटिङ गरेर बेच्नेहरुको बाटो खुल्यो

काठमाडौं, २७ पुस । गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। आज शुक्रबारबाट नै जग्गाको कित्ताकाट खुला भएको हो। करिब डेढ वर्ष अगाडी नै सरकारले जग्गा कित्ताकाटमा रोक लगाए पनि बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरेता पनि औपचारिक रुपमा खुलेको थिएन।

घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन पनि प्लटिङ गरेर अनुउत्पादित कारोबार गर्न थालेपछि सरकारले जग्गा कित्ताकाटलाई रोक्का गर्ने निर्णय गरेको थियो। तर यो निर्णय विवादित भएपछि सरकार निर्णयबाट पछि हटेको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन्। अब यो संगै देशका शहरी क्षेत्रमा पुन: जग्गा ब्यबसाय मौलाउने अनुमान गरिएकोछ ।