निरुताको ठाउँमा संचिता आइन् , संचिता र विकास राजको सम्बन्ध सुध्रिएकै हो त ?

काठमाडौँ, २७ पुष । अभिनेत्री निरुता सिंहले चलचित्र ‘हजार जुनी सम्म’ बाट हात झिकेपछि संचिता लुइंटेललाई अनुबन्ध गरिएको छ ।

हाल चलचित्र ‘दाल भात तरकारी’ को छायांकनमा ब्यस्त रहेकी निरुता सिंहले समय दिन नसकेको कारण ‘हजार जुनी सम्म’ छोडेको स्रोतको दावी छ ।

संचिताले यस चलचित्रमा काम गर्ने पक्का भएपछि उनी र फिल्म निर्देशक विकास राज आचार्यको सम्बन्ध सुध्रिएको अनुमान गर्न सकिन्छ ।

विकास राजले निर्माण गरेको चलचित्र ‘नाई नभन्नु ल ३’ मा अभिनय गरेकी नायिका संचिता लुइँटेल त्यस समयमा चलचित्र निर्माणपक्षसँग रिसाएकी थिइन् । यसै कारण उनी चलचित्रको प्रचार-प्रसारमा समेत सहभागी भएकी थिइनन् ।

नायिका संचिता चलचित्रको छायांकनको लागि छिट्टै सिक्किम जाने तयारीमा छिन् ।