पोर्चुगिज स्टार रोनाल्डोलाई के आइलाग्यो यस्तो ! बलात्कार मुद्दाको पुष्टि गर्न उनको डिएनए परिक्षण गरिने !!

एजेन्सी, २७ पुस । युभेन्ट्सका स्टार क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दा सहि हो या गलत भन्ने बारेमा अनुसन्धान गर्न प्रहरीले उनको डिएनए संकलन गर्ने भएको छ ।

अमेरिकाको लस भेगासस्थित प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल संकलन गर्न लागेको हो ।

प्रहरीले इटालियन अधिकारीहरूलाई चिठी मार्फत रोनाल्डोको डिएनएको स्याम्पल पठाउँन आग्रह गरेको हो ।

पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन् ।

सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ ।