बलात्कार पछि क्रुरता पुर्वक विभत्स हत्या,टाउको जिउ छुट्टिएको र एसिडमा डुबाइएको अवस्थामा १६ बर्षिया युवतीको शव फेला (भिडियो)

एजेन्सी। भारतको एक बलात्कार घटनाले यतिबेला हंगामा मच्याई रहेको छ। एक १६ बर्षिया युवतीको हराएको ९ दिनमा एक झाडीमा क्रुर  बलात्कार पछि विभत्स हत्या भएको अवस्थामा फेला परिन ।

घटना हो भारतको गयामा । युवतीको शव टाउको र जिउ अलग्गै टुक्रिएको अवस्थामा एसिडमा डुबाइएको अवस्थामा शव फेला परेको हो ।

एनडीटीभीको रिपोर्ट अनुसार मृत युवतीका पिताले जनवरी ६ मा छोरी हराएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका थिए। उनले दिएको उजुरी अनुसार युवती गत डिसेम्बर २८ देखि हराएकी थिइन्।

स्थानीय मिडियाहरुका अनुसार युवतीको शव घर नजिकै फेला परेको थियो। मृत युवतीको आमा र दिदीले दिएको बयान मेला नखाँदा अनुसन्धान प्रभावित भएको प्रहरीको बुझाइ छ।

मृत किशोरी डिसेम्बर ३१ गतेनै फर्किएको र फर्किने बितिकै पिताले एक अपरिचित पुरुषसँग रातको १० बजे बाहिर पठाएको उनीहरुको बयान छ। जसको कारण युवतीको हत्या आफन्त भित्रैबाट भएको प्रहरी अनुमान छ।

टाइम्स अफ इन्डियाका अनुसार प्रहरीले मृत किशोरीका आमा-बाबु र एक आफन्तको बयान लिएको थियो। पोस्ट मोर्टेम रिपोर्ट पछि मात्रै हत्या अगाडी बलात्कार भएको अथवा नभएको पुष्टि हुने प्रहरीको भनाइ छ।

यस घटना प्रति स्थानीयहरुले मैन बत्ति बाल्दै बिरोध जनाएका थिए। बुधबार र बिहिबार स्थानीयहरुले चर्को नारा-बाजी सहित बिरोध प्रदर्शन गरेका हुन्।