निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका अर्का युवा प्रदीप रावल पनि थुनामुक्त, प्रहरीको अनुसन्धान पुन: गलत दिशामा

काठमाडौँ, १२ पुस । कञ्चनपुरकी  १३ वर्षीय निर्मला पन्त  हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदीप रावल पनि थुनामुक्त भएका छन् । महाराजगञ्जको थुनामा रहेका रावललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।

यस अघि अपराध स्वीकारेको साबिती बयान दिएको भनिएका उनको डीएनए मिलेको थिएन । पहिलोपटक बलियो सबुतविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि प्रहरी प्रसाशन माथी जनताको ठुलो गुनासो थियो।

रावल कै बयानको आधारमा पक्राउ गरिएका विशाल चौधरी भने यस अघिनै थुना मुक्त भएका छन् । रावल पनि थुना मुक्त भएपछी प्रहरीको अनुसन्धान फेरी शुन्यमा पुगेको छ ।

घटनाको महिनौ बित्दा सम्म पनि निर्मलाले न्याय नपाएपछी देशभर जनता निराश भएका छन् । सर्बसाधारणले देशको शान्ति सुरक्षा र न्याय प्रति शंका गर्न थालेका छन् ।

अपराध कबोल गरेको भन्दै रावल र चौधरीबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला अनुसन्धान निष्कर्षतिर पुगेको जानकारी दिएका थिए। तर दुवै जनाको डीएनए नेगेटिभ आएपछि प्रहरीको अनुसन्धान फेरी गलत दिशामा गएको भेटिएको छ ।