मलेसियामा एक नेपालीको मृत्य, फेसबुकबाट पहिचान खुल्यो
काठमाडौँ, ९ पुस । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक युवकको मृत्यु भएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका अरेस धाराखर्कका रमेश पुनको शनिबार दिउसो मृत्यु भएको हो । अवैधानिक रुपमा कामगर्दै आएका पुन मलेसियाको सिलाङ मेरु जलान कापकोटमा बस्दथे ।
बिगत ५ बर्ष देखि मलेसियामा रहेका उनी केहि समय देखि बिरामी परेका थिए । अबैधानिक रहेका उनको निधन भएपछी उनको पहिचान हुनसकेको थिएन । तर सामाजिक संजालमा तस्बिर राखेर खोजी गरेपछि उनको पहिचान भएको थियो ।
काबेलि म्यानपावरबाट मलेसियाको बिएचएचबि कम्पनीमा गएको ५/६ महिनामै कम्पनी छोडी हालसम्म अवैधानिक रूपमा काम गर्दै आइरहेको थिए।