साप्ताहिक राशिफल – आइतवार ०८ पौष २०७५, तदनुसार २३ डिसेम्बर २०१८ देखि १४ पौष २०७५ तदनुसार २९ डिसेम्बर २०१८ सम्म

काठमाडौँ । साप्ताहिक राशिफल – आज आइतवार ०८ पौष २०७५, तदनुसार २३ डिसेम्बर २०१८ । आजबाट एउटा नयाँ साताको प्रारम्भ भएको छ । आउनुहवस् यस साताको ग्रहगोचरका साथमा आआफ्नो राशिफल केकस्तो छ थाहा पाऔं । आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– ०८ गते : कोशी कोका संगममा सुनसरी बराहक्षेत्रमा मेला, त्रिपुष्कर योग राती ११ बजेर २४ मिनेटपछि, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), ०९ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, १० गते : क्रिसमस डे, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी), ११ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), १२ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), १३ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), १४ गते : अष्टमी व्रत, गोरखकाली पूजा, त्रिपुष्कर योग बिहान ०८ बजेर ५१ मिनेटसम्म प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

०००

यो पनि पढ्नुहोस :

आजको राशिफल – वि.सं.२०७५ साल पौष ०८ गते । आईतबार । ईश्वी सन् २०१८ डिसेम्बर २३ तारिख

वि.सं.२०७५ साल पौष ०८ गते । आईतबार । ईश्वी सन् २०१८ डिसेम्बर २३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि प्रतिपदा,३८ घडी ३१ पला,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त द्वितीया । करण वालव,बिहान ११ बजेर १६ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर १७ मिनेट उप्रान्त तैतिल । नक्षत्र आद्रा,४१ घडी १९ पला,बेलुकी ११ बजेर २४ मिनेट उप्रान्त पुनर्वशु । योग शुक्ल,१२ घडि ०२ पला,बिहान ११ बजेर ४१ मिनेट उप्रान्त ब्रम्ह । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि मिथुन । कोसी-कोका संगममा धार्मिक मेला। त्रिपुष्कर प्रारम्भ। काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ५० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ । अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)

आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँनाले गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा ऋण तथा संकटको सामना गर्नु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । साभिभाई तथा र्ईष्टमित्रहरुको सहयोग नहुँदा समयमा कामहरु सकाउँन मुस्किल पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ ।

तपाईको दिन शुभ रहोस । तारानाथ भण्डारी ।