मलेसियामा कुटाइ खाने सल्यानका खेमराज रोक्काले भने, दाइले माया गरेर हानेको हो, मलाई केहि भएको छैन (भिडियो हेर्नुहोस)

काठमाडौं, पौष ७ । आफ्नो परिवार आफन्तलाई छोडेर परदेश गएपछि त्यहि देशमा कार्यरत अन्य नेपालीहरु आफ्नो साहारा हुन पुग्छ । तर पराई देशमा विदेशीले हैन आफ्नै नेपाली साथीभाई दुस्मन भए भने कस्तो होला ।  अवश्य पनि धेरै दुखद हुन सक्छ । पछिल्लो समय आएर नेपालीले नेपालीलाई नै चिन्न छाडे ताकी आफ्नोत्व भने हराईसकेको छ ।

आफ्नोलाई सहारा हैन मानवता बिर्सरे पशु समान पनि गर्छन नेपालीहरु बिदेशमा । भखरै मात्रै सामाजिक सन्जाल फेसबुकमा भिडियो सहित नेपालि माथि नेपालीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । मलेसियामा नेपालीले नेपालीलाई निर्ममता पुर्वक कुटेको देखिएको उक्त्त भिडियोमा नेपालीबाटै सुरक्षित छैनन नेपालि बिदेशमा भन्ने कुरा प्रष्ट थाहा भएको छ । माले भाषा बोल्दै तथानाम गालीगलौज गर्दै सल्यानका खेमराज रोक्का माथि हात उठाउदै गरेको भेटीए रोहित कुमार यादव । पीडितले न्याय पाउनु पर्छ भने अपराधीलाई छिट्टै कडा कारवाही हुनुपर्छ ।

अपडेट : पिडित  खेमराज रोक्काले भिडियो सार्बजनिक गर्दै कुटाइ खानुमा मेरै गल्ति भनेका छन् । त्यसो गर्न लगाइएको वा आफै गरेको खुल्न नसके पनि भिडियोमा उनको हाउभाउ हेर्दा तिनै रोहित कुमार यादवले जबर्जस्ति त्यस्तो बोल्न लगाइएको जस्तो देखिन्छ । भिडियो हेर्नुहोस :

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

दुईवटी श्रीमती बिहे गर्ने पुरुषलाई अब सरकारले भत्ता दिने

एजेन्सी । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।

०००

यो पनि हेर्नुहोस :

झुपडीका चम्किला तारा रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

काठमाडौँ । रबि ओड नेपाल आइडल सिजन २ को बिजेता बन्न सफल भएका छन । त्यसै गरि अस्मिता थर्ड रनरअप, सुमित सेकेन्ड रनर अप र बिक्रम फर्स्ट रनरअप बन्न सफल भएका छन ।

जितसंगै रविले होन्डा डब्ल्यु आर भी कार र २२ लाख रुपैया पुरस्कार पाएका छन् । फर्स्ट रनर अप बिक्रम बरालले २० लाख रुपैया, सेकेन्ड रनर अप सुमित पाठकले १५ लाख र थर्ड रनरअप अस्मिता अधिकारीले होन्डा स्कुटर पुरस्कार पाएकी छन् ।

टप ४ सबैले ट्रफी र वोर्ल्ड टुरको कन्ट्रयाक पनि प्राप्त गरेका छन् ।

केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड ।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।

उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।

गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुर्इ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलार्इ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।

नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलार्इ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलार्इ सर्वोत्कृष्ट गायक सावित गरे ।

उनले आफ्नो क्षेत्रक देउडा गीतलार्इ नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलार्इ बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’ भन्ने नेपाली भनाइलार्इ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।

रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलार्इ जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलार्इ जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलार्इ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए । – अन्नपूर्णपोस्टबाट

०००

यो पनि हेर्नुहोस :

दोस्रो नेपाल आइडल रवि ओडका भाईहरुसंग केही दिन अघि लिएको अन्तरवार्ता

काठमाडौँ । नेपालको सुदुर पस्चिम छेत्रबाट छनोटमा परि नेपाल आइडलमा सहभागी रबि ओड अन्य प्रतिस्प्रधीलाई पछि पार्दै बिजयी बनेका छ्न । केही समय अघि मात्र उनका भाइहरुसग गरिएको कुराकानीमा सुदुर पच्चिम क्षेत्रकै एक मात्र प्रतिभावान प्रतिस्प्रधी भएका कारण पनि रबि ओड नै बिजयी बन्नेमा आफुहरु ढुक्क भएको प्रतिक्रिया दिएका थिए । अत्यन्त बिपन्न र गरिब परिवारमा जन्मिएका रबि ओडले नेपाली साङ्गितिक छेत्रमा एउटा नया आयाम दिने सम्भावनाको बृहत् ढोका खोलेका छन। अहिले उनको बिजयबाट परिवार मात्र होइन उनको गृह जिल्ला र सुदुरपश्चिम क्षेत्रमै खुसियाली छाएको छ । भने रबि ओडका लागी नेपाली गीति सङ्गीतको छेत्रमा यो बिजय निकै महत्वपुर्ण अवसर हुने बिस्वास गरिएको छ ।

०००

यो पनि हेर्नुहोस :

आफ्नो २४ वर्षीय श्रीमती परपुरुषसँग सल्केकी भेटेपछि निर्मम हत्या: छोरीको बयान – ‘आमाले हात जोडेपनि बुबाले हानिरहे’

काठमाडौँ । खाना खाइसकेपछि टिभी हेर्दै निदाएकी निशाले मध्यराति चट्याङ परेजस्तो आवाज सुनिन्। निन्द्राबाट उठ्दा उनीकी आमा रोइरहेकी थिइन्। कोखाबाट रगत बगिरहेको देखेपछि १२ वर्षीया निशाको होस् उड्यो। उनले आमालाई छुन नपाउँदै अर्को आवाज आयो र उनकी आमा ओझ्यानबाट तल ढलिन्।

घटना बिहीबार मध्यरातको हो। बाँकेको डडुवा गाउँपालिका-३ वनकट्टिीकाकी १२ वर्षीया निशा वर्माले आफ्नी २८ वर्षीया आमा शान्तिदेवी वर्माको हत्या आफ्नै आँखा अगाडि देखिन्। उनकी आमाले दुई हात जोडेर नमार्न अनुरोध गरिरहेकी थिइन्। तर, निर्दयी सञ्जयले पत्नीको चित्कार नै नसुनी दोस्रो पटक बन्दुक लोड गरे र पत्नीमाथि प्रहार गरे। अन्नपूर्ण पोस्टमा खबर छ ।

साँझ मिठा कुराकानी गर्दै सुतेका बाबाले आमाको यसरी हत्या गरेको देखेपछि उनी कोठाबाट भागिन्। तेस्रो पटक बन्दुक लोड गर्दै गरेका बुबा सञ्जयकुमार बर्माले आफूलाई समेत मार्न सक्ने डरले उनी बज्यै भएको कोठमा पुगिन्। दुईपटक बन्दुक पड्केको आवाजले तत्लोतलामा सुतेकी सञ्जयकी आमाको निद्रा खुलिसकेको थियो।

उनले भाग्दै आएकी नातिनीलाई बाहिर निकालिन्। अर्धपागल झै भएका सञ्जय कुमारले श्रीमती मारेको देखेपछि उनकी आमाले बाहिरबाट ढोकाको चुकुल लगाइदिन्। आँखै अगाडि आफ्नै बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि निशाको चेत खुल्न सकेको छैन।

तत्कालै मध्यराति १२ बजे नजिकैको प्रहरी चौकी बनकट्टीबाट खटिएको प्रहरी हतियारसहित सञ्जय कुमारलामई नियन्त्रणमा लियो। निशाले बुबाले आफूलाई समेत बन्दुक ताकेको भन्दै अझैसम्म डराइरहेकी छिन्।

छोरी निशालाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार पहिले कोखामा गोली हानीसकेपछि थाहा पाएर बन्दुक खोस्न खोज्दा दोस्रो राउण्ड शान्तिदेवीको हातमा लागेको थियो। रिसले चुर भएका सञ्जयले तेस्रो राउण्ड लोड गर्न लागेको मौकामा डराएकी निशा घटनास्थलबाट भागेर तल्लो तला पुगेकी थिइन्। पारिवारिक स्रोतका अनुसार सञ्जयले यसअघि पनि पत्नी शान्तीदेवीलाई ज्यान मार्ने प्रयास गरेका थिए। परपुरुषसँग सम्बन्ध गाँसेको भन्दै निर्घात कुटपिट गर्नुका साथै विष खुवाउने प्रयास समेत गरेका थिए। मृतक शान्तिदेवीको शव पोष्टमार्टम गरी उनकै जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

छिमेकीले लामो समयदेखि मानसिक रोगका विरामी सञ्जयले औषधि सेवन गरिरहेका थिए। उनले एक पटक आफ्नै आमालाई आक्रमण गरेका थिए। बन्दुकको गोलीबाट शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटना भएको कोठमाबाट दुई राउण्ड खोका समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउण्ड गोली प्रहार गरी बर्माले हत्या गरेका थिए। ‘घटना लगत्तै वनकट्टी र जिल्लाबाट प्रहरी टोली पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं,’ विष्टले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३० वर्षीय सञ्जयकुमारले आफ्नी पत्नी परपुरुषसँग सम्बन्धमा रहेकाले आफूले सहन नसकी गोली हानेको स्वीकारेका छन्। उनले आफू डिप्रेशनको बिरामी भए पनि पटक-पटकको आग्रहमा पत्नीले नमान्दा अन्त्यमा रिसले सहन गर्न नसकेर गोली हानेको बताएको प्रहरीले जनाएको छ। इसेन्ससहितको हतियार नियन्त्रणमा लिन छिमेकीले बारम्बार प्रहरीलाई अनुरोध गरेपनि सञ्जयले आफूलाई असुरक्षा भएको भन्दै बन्दुक प्रहरीलाई बुझाएका थिएनन्।