प्रहरीको आइजीपी हैन हत्याराको संरक्षण गर्ने प्रधानमन्त्री केपी ओलीले राजिनामा दिनुपर्छ : नैनसिंह महर (भिडियो हेर्नुहोस)

काठमाडौं । दिनानु दिन भइरहेको बलात्कार र हत्याका घटनाको दोष अब सिधा प्रधानमन्त्री केपी ओलीमाथि लागेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका हुन् ।

हिजो शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महरले ओलीको राजिनामा माग गरेका हुन् । अरुले आईजीपीको राजिनामा माग गर्नुभएको छ, तर एकजना कर्मचारीलाई हटाएरमात्रै समस्याको समाधान हुँदैन् । सरकार नै अपराधीहरुको सरंक्षणमा लागेको छ । सरकार आँफै बलात्कारी र अपराधीहरुको सरंक्षणमा जुटेको हुनाले प्रधानमन्त्रीले नै राजिनामा दिनुपर्छ ।

आयोजित सो साक्षात्कारमा बोल्दै उनले चाडपर्वको मुखमा अहिले ३०० प्रतिशतले मूल्यवृद्धि भएकोमापनि आपत्ति जनाए । उनले भने, ‘चर्को मुल्यवृद्धिले सबैको ढाड सेकेको छ । यसको मारमा हामी सबै जनता परेका छौं ।’ हरेक कोणबाट यो ८ महिनामा सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली असफल भैसकेकोले अविलम्ब राजिनामा दिनुपर्ने महरको भनाई थियो । उनले थपे,‘जे जसरी सरकार पछिल्लो पटक यो ७–८ महिनामा जनताका दैनिक दिनचर्याका चिजबस्तुमा ३ सय प्रतिशतभन्दा बढि मुल्य वृद्धि भएको छ । त्यो कांग्रेसलाई वा नेविसंघलाईमात्रै मुल्यवृद्धि भएको होईन । समग्र पत्रकारहरुलाई पनि यसको मार परेको होला।’ भिडियो हेर्नुहोस :