यो कस्तो लापरवाही ? त्रिभुवन विमानस्थलको लगेज कक्षका दृश्य र यात्रुलाई दिइएको चरम यातना (भिडियो)

काठमाडौं, ५ पुस। देशको एक मात्र अन्तरास्ट्रिय विमान स्थल त्रिभुवन विमानस्थलको हालत अहिले पनि उस्तै छ । जति मन्त्रिहरुले छड्के हाने पनि जे गरेपनि सेवा जस्ताको त्यस्तै । विमानस्थलमा कतिसम्म लापरवाही हुन्छ र त्यहाँ कार्यरत कर्मचारीको व्यवहार कस्तो छ भन्ने यथार्थ बुझ्न तलको यो भिडियो हेरे पुग्छ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी भएपछि यो एयरपोर्टमा केही सुधार भएका छन्। तर यात्रुले पाउने हैरानी भने उस्तै छ। एयरपोर्ट कर्मचारीले यात्रुलाई गर्ने व्यवहार सुधारिएको छैन। बुधबार बिहान कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सका जहाजका यात्रुले आफ्नो लगेज लिनका लागि ४ घण्टासम्म कुर्नु पर्यो। एकै व्यक्तिले आफ्नो एउटा लगेज आधा घण्टामै पाउँदा अर्को लगेजका लागि तीन घण्टासम्म कुर्नु पर्यो। लगेज कुरेका यात्रुले हो-हल्ला र गुनासो गरेपछि एयरपोर्टका कर्मचारीले भित्रबाट लगेज पठाउन हतार गरेका थिए।

विदेशबाट आएका कतिपय यात्रुले आन्तरिक उडानबाट पोखरा, भैरहवा, चितवन जानका लागि टिकट पनि लिएका थिए। तर लगेज लिन ढिला भएकै कारण उनीहरूले आन्तरिक उडान छुटाउनु पर्यो। एयरपोर्ट कर्मचारीलाई अहिले पनि यात्रुका सामानमा कुदृष्टी लगाउने र सामान चोर्ने आरोप लाग्ने गरेको छ। नियतबस नै यात्रुका लगेजमा कर्मचारीले हैरानी र सास्ती थप्ने गरेका भुक्तभोगीको गुनासो छ।

विमानस्थलमा लगेज कुर्दा भित्रिकक्षमा देखिएको कर्मचारीको गतिबिधी र यात्रुका पीडा एवं अनुभव समेटिएको डिसीनेपालले तयार पारेको यो भिडियो ब्लग हेर्नुहोस्ः

श्रोत : डिसीनेपाल

०००

यो पनि हेर्नुहोस :

भारतमा नेपाली कुस्तीबाज देव मगरसंग भारतका एक से एक पहलमान थर थर, जित्न नसकेपछि यसरी मैदान छाडेर भागे बढेमानका पहलमानहरु (भिडियो हेर्नुहोस)

काठमाडौँ, ५ पुस । पुरै माटो बिच्छ्याइएको मैदानमा खेलिने कुस्ती खेल हेर्दा लाग्छ के यस्तो पनि खेल हुन्छ र ? तर यहि खेलबाट नवलपरासीका एक युवाले आफुलाई चर्चित बनाएका छन् ।

हेर्दा सानो कदको अपत्यारिलो देखिने नवलपरासीका देव मगरले भारतमा आफ्नो कला देखाएर निकै राम्रो प्रसंशा बटुली रहेका छन् ।

देवले आफुभन्दा ठूला ठूला र बढेमानको शरिर भएका व्यक्तिहरुसँग कुस्ती खेलेर जितेपछि उनको चर्चा बढेको हो ।

देख्दा सानो भएपनि उनले जस्तोसुकै व्यक्तिलाई पनि सजिलै पछार्न सक्छन् । भारतमा भएका हरेक प्रकारका दंगल प्रतियोगितालाई जित्दै गर्दा आजभोली भारतमा उनको नाम सुनेपछि कयौँ कुस्तीबाजी खेल्नेहरु डराएर भाग्ने गरेको बताइएको छ ।

थापा पहलमान नामले पूरै भारतमा चर्चा बटुल्न सफल रहेका देवको कुस्ती हेर्न लाखौँ मानिसको भिडि लग्ने गर्छ । पछिल्लो समय उनी किङ अफ दंगाल, रियल सुल्तान जस्ता उपनामले चिनिन थालेका छन् । आज सम्म उनी भारतमा भएका खेलमा सहभागी भएका खेलमध्ये एक खेलमा मात्र हारेका थिए ।

यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित ? डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?

यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सनाए ।

‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।

भिडियो हेर्नुहोस् :





०००

यो पनि हेर्नुहोस :

सन्नी लियोनीको आइटम गीत युटुबमा सार्बजनिक (भिडियोसहित)

काठमाडौं, ३ पुष । पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी अहिले चलचित्रमा भन्दा पनि आइटम डान्समा जमेकी छिन् । पोर्न फिल्मलाई चटक्कै छोडेर बलिउडमा छिरेकी उनले भर्खरै मात्र एउटा नेपाली गीतमा पनि आइटम नृत्य गरेकी छिन् । नेपाली फिल्म ‘पासवर्ड’मा समावेश उक्त गीतमा उनले आइटम डान्स गरेकी हुन् ।

गायिका नेहा कक्करको गीतमा उनले अभिनय एवं नृत्य गरेको एक म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

उनले अभिनय गरेको ‘लभ्ली एक्सिडेन्ट’ बोलको गीतले अहिले युटुबमा तहल्का मच्याउदैछ । यस गीतमा भने चर्चित कमेडियन कृष्णा अभिषेक पनि साथमा देखिएका छन् ।

भिडियो हेर्नुहोस् :

०००

यो पनि हेर्नुहोस :

कपिल शर्माको फ्यानहरुलाई खुसीको खबर, अन्तत कपिल शर्माले ‘द कपिल शर्मा शो’ फेरी ल्याउने भएका छन् (हेर्नुहोस नया शोको प्रोमो)

एजेन्सी । चर्चित कमेडियन कपिल शर्मा भर्खरै विवाह बन्धनमा बाधिएका छन । विहे लगत्तै अब उनका फ्यानहरुलाई अर्को पनि खुसीको खबर आएको छ । उनले आफ्नो चर्चित प्रोग्राम ‘द कपिल शर्मा शो’ अब छिट्टै सोनी च्यानल मार्फत नै लिएर आउदै छन । उनको धेरै लामो समय पछीको टिभीमा कमब्याक हो यो।

शोको प्रोमो पनि सार्बजनिक भइसकेको छ । प्रोमोमा सलमान खान, सलीम खान, रणवीर सिंह र सारा अली खान देखिएका छ । सबै स्टारहरु मज्जाले हासेको देख्न सकिन्छ । यसको मतलव उनले शोको सुटिङ्ग पनि गरिसकेको बुझिन्छ ।

डाक्टर मसुर गुलाटी अर्थात सुनिल ग्रोबरसंग मनमुटाव भएपछि एकाएक बन्द भएको शोमा धेरै लामो समय पछी कपिलले नया इपिसोड सुरु गर्न लागेका हुन् । कपिलको गएको शो मा साथै रहेका चन्दन, कीकू शारदा र सुमोना चक्रवर्ती नयाँ सीजनमा पनि उनीसँगै हुनेछन् । शो मा रोशेल रावका साथै कमेडियन भारती सिंह र कृष्णा अभिषेक पनि देखिनेछन् ।

सुनिल ग्रोबर भने उक्त शोको हिस्सेदार हुने छैनन् ।

०००

यो पनि हेर्नुहोस :

प्रियङ्काको फेरी अर्को बेडसिन, सार्बजनिक भयो ‘अनागत’को टिजर (भिडियोसहित)

काठमाडौँ, ३ पुष । ‘कथा काठमान्डू’ बेड सिङ दिएर सर्बत्र चर्चा अनि आलोचनाको सिकार बनेकी नायिका प्रियंका कार्कीले बेड सीन दिएको फेरी अर्को चलचित्रको टिजर सार्बजनिक भएको छ ।

२५ जनवरीमा रिलिज हुने चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको हो । चलचित्रमा प्रियङ्का कार्कीसँगै अर्पण थापा, प्रवीण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिका रहेको छ ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण साइकोलोजिकल थ्रिलर फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

फिल्ममा अर्पण थापा र प्रियङ्का कार्की श्रीमान् श्रीमती हुन् , जसले सुखी वैवाहिक जीवन बिताइरहेका छन् । यी दुईको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्ममा मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

टिजर हेर्नुहोस् :

०००

यो पनि हेर्नुहोस :

पुन्टे देखिने नेपाली कुस्तीबाज देव मगरसंग भारतका एक से एक पहलमान थर थर, यसरी पछार्छन बडेमानका कुस्तिवाजलाई ! (भिडियो सहित)

काठमाडौँ, २ पुस । पुरै माटो बिच्छ्याइएको मैदानमा खेलिने कुस्ती खेल हेर्दा लाग्छ के यस्तो पनि खेल हुन्छ र ? तर यहि खेलबाट नवलपरासीका एक युवाले आफुलाई चर्चित बनाएका छन् ।

हेर्दा सानो कदको अपत्यारिलो देखिने नवलपरासीका देव मगरले भारतमा आफ्नो कला देखाएर निकै राम्रो प्रसंशा बटुली रहेका छन् ।

देवले आफुभन्दा ठूला ठूला र बढेमानको शरिर भएका व्यक्तिहरुसँग कुस्ती खेलेर जितेपछि उनको चर्चा बढेको हो ।

देख्दा सानो भएपनि उनले जस्तोसुकै व्यक्तिलाई पनि सजिलै पछार्न सक्छन् । भारतमा भएका हरेक प्रकारका दंगल प्रतियोगितालाई जित्दै गर्दा आजभोली भारतमा उनको नाम सुनेपछि कयौँ कुस्तीबाजी खेल्नेहरु डराएर भाग्ने गरेको बताइएको छ ।

थापा पहलमान नामले पूरै भारतमा चर्चा बटुल्न सफल रहेका देवको कुस्ती हेर्न लाखौँ मानिसको भिडि लग्ने गर्छ । पछिल्लो समय उनी किङ अफ दंगाल, रियल सुल्तान जस्ता उपनामले चिनिन थालेका छन् । आज सम्म उनी भारतमा भएका खेलमा सहभागी भएका खेलमध्ये एक खेलमा मात्र हारेका थिए ।

भिडियो हेर्नुहोस् :

०००

यो पनि हेर्नुहोस :

चर्चित माता सबिता आचार्यले बनाइन आलिसान घर, उनको घर पुग्दा जे देखियो (भिडियो सहित)

काठमाडौँ । माता सबिता सरु आचार्यले थप नया भबिस्यबाणी गरेकी छ्न । पछिल्लो समय नेपाली नेताहरुमा नेकपा का नेता माधव नेपाल को धेरै आलोचना भै रहेपनी सबै भन्दा राम्रो भबिस्य नेता नेपालकै चलिरहेको बताएकी छिन  ।

माता सबिताले माधव नेपाल ढिलो चाडो पुन प्रधानमन्त्री बन्ने योग रहेको र उनी पुन प्रधानमन्त्री बन्ने ठोकुवा गरेकी छिन । बिगतमा रौतहटबाट चुनाव हारेका बखत पनि माता सबिताले माधव नेपालबारे भबिस्यबाणी गर्दै संसद  हारेपनी माधव नेपाल प्रधानमन्त्री बन्ने भबिस्यबाणी गर्दा माधव नेपाल आफै अबिस्वास गर्दै हासेका थिए । तर अन्तत हारेर पनि माधव नेपाल प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्ने भाग्यमानी बनेका थिए र माताको भबिस्यबाणी सत्य साबित भएको थियो । यसपटक पनि उनले नेकपा नेताहरुमा माधव नेपाल पुन मुलुकको प्रधानमन्त्री बन्ने योग रहेको भबिस्यबाणी गरेकी छ्न ।

आफ्ना केही अघिल्ला भबिस्यबाणीहरुलाइ समेत पुन स्मरण गर्दै नेपालमा राजतन्त्र फर्कने र राजा ज्ञानेन्द्र साह नै मुलुकमा पुन राजा हुने कुराको ठोकुवा गरेकी छ्न । उन्ले यो भबिस्यबाणी मुलुकमा गणतन्त्र घोषणा गरेको तेस्रो दिन प्रथम पटक गरेकी थिइन। उनमा रहेको दैबी शक्ति बारे थुप्रै मानिसहरुले बिस्वास गर्दै आएका पनि छ्न । आफ्नो बिवाहा बारे असुभ रहेकाले जीवन भर अविवाहित नै रहने र आफू भक्ती साधनामै रहेर दुखी र पिडितहरुको सेवा र सनातन हिन्दु धर्म जगेर्नाको निम्ति समर्पित हुने कुरा समेत बताइन ।

माता सबिताले अन्तरास्ट्रिय बिमानस्थल असुभ स्थानमा रहेकाले अन्यत्र सार्नु पर्ने सार्न असम्भव भए बास्तु मिलाउनु पर्ने कुरा पुन दोहोर्‍याएकि छ्न । साथै आफ्नो सेवालाई आफ्नै इच्छा अनुरुप नेपाल सरकारको करको दायरामा ल्याएर आफुले देश प्रतिको कर्तव्यमा समेत जोडिएको बताएकी माताले दैबी आस्था र बिस्वासमाथी बिकृती बिसङ्गती देखिएको प्रती गुनासो गर्दै वास्तविक सत्य भन्दा परका भ्रममा ठगी र चोरी चाकरी नगर्न पनि सबैलाई सचेत गरेकी छ्न। भर्खरै मात्र नया आवासमा सरेकी माताले आफुसग दर्शन भेट र उपकारका निम्ति आउने भक्तजनलाई अब धेरै सहज हुने बिस्वास समेत ब्यक्त गरेकी छ्न ।

भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

ओली बस्ने प्रधानमन्त्री निवास नै अशुभ ठाउँमा, अझै काटमार, रक्तपात हुने : माता सबिता सरु आचार्य (हेर्नुहोस् भिडियो)

भक्तपुर। धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन्। साथसाथै उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट नै प्रख्यात छिन्।

माता केहि समय अघि देखि काठमाडौँबाट बाहिर थिइन्। उनी आफ्नो जन्मथलो इटहरीमा गएकी थिइन्। केहि समय उनको शरीरले आराम चाहेकोले पनि उनी आफ्नो घर गएको उनले बताइन्।

अहिले उनी पुन: काठमाडौँ आइसकेकी छिन्। फेरी उनको व्यस्तता पहिलाको जस्तै भइसकेको छ। उनको घरमा भविष्यवाणी गराउन आउनेको भिड नै छ। केहि रकम लिएर उनले भविष्यवाणी हेर्दिने गरेकी छिन्।

माताजीको हालसालैको भविष्यवाणी अनुसार , ‘ संबिधान सभाको संसद भवन पनि ठिक ठाउँमा छैन २०६४ साल देखि मैले यो कुरा भन्दै आएको छु,त्यही भएर किच किच बढी पर्छ, मिटिंग राखे पनि वार्ता सफल हुँदैन, बालुवाटार प्रधानमन्त्रि बस्ने ठाउँ पनि ठिक ठाउँमा छैन, यी दुई वटा ठाउँहरु अशुभ छन्। ‘

लामो समय देखि अरुको भिविष्य हेर्दै आए पनि उनलाई भिडियोमा गालीगलौज गर्नेको पनि एक जमात छ। त्यस्तो नकारात्मक कमेन्ट गर्नेलाई माताजीले आक्रोश हुदैँ भनिन् ,’ भविष्यवाणी गर्दिदा, तपाईको यस्तो उस्तो हुन्छ भंदिदा किन आक्रोश पोख्नु हुन्छ, किन गालीगलौज गर्नु हुन्छ। यो त मेरो पेशा हो। मैले कसैलाई ठगेको छैन। कसैको केहि बिगरिदिएको छैन। ‘

हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

माता सबिताको अगाडी अहिले सम्म न सुनिएको प्रतिभाको खुलासा गरे गायक नीलमणिले ! भिडियो हेर्नुहोस

काठमाडौँ । सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

आजको बिशेष लोक दोहरी गायक सर्जक निलमनी भण्डारी माता सबिता सरु शर्मा आचार्यको निवासस्थानमा पुगी मातासंग आफ्नो दुख: पोख्दै लाइव भिडियोमा उपस्थित हुनु भएको जानकारी हामीलाइ दिनु भएको छ र त्यहि बिशेस सम्बन्धित भिडियो हामीले तपाई हरु को सामु राखेको छौ ।

हेरौ भिडियो ।