भाषा परीक्षामार्फत नेपाली कामदारलाई जापान जाने बाटाे खुल्याे, अब दलालले ठग्न नपाउने

काठमाडौं । ४ पुस । बैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तव्य मानिएको देश जापानले २०१९ को अप्रिलदेखि नेपाली कामदारलाई पनि लैजाने भएको छ ।

कामदारको चरम अभाव भएपछी जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । कार्यक्रमअनुसार जापानले नयाँ भिसा श्रेणीअन्तर्गत ज्येष्ठ नागरिकको स्याहार–सुसार, कृषि, निर्माणसहित १४ वटा क्षेत्रमा १८ वर्ष उमेर पुगेका ३ लाख ४५ हजार विदेशी कामदारलाई स्वीकार गर्ने तयारी गरेको छ ।

जापानले भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडिया गरी सातवटा मुलुकमा कामदार झिकाउन आवश्यक प्रबन्धसमेत मिलाइसकेको छ । बाकी दुई मुलुक मंगोलिया र नेपालको पनि छिट्टै प्रक्रिया अघि बढ्ने जापानको एनएचके अनलाइनले लेखेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए । अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न हामिले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।

वैदेशिक रोजागर विभागको तथ्यांकअनुसार हाल २२ हजार ७ सय १२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर जापान गइसकेका छन् । भने केहि अबैधानिक रुपमा बसोबास गरेका पनि छन् ।

जापानमा कामदारले न्यूनतम पारिश्रमिक करिब २ लाख रुपैया पाउने छन । यो खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको छ। जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परिक्षामार्फत कामदार आपूर्ति गर्न यसअघि प्रस्तावित ७ देशमा नेपाललाई पनि थप गरिएको हो।

कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसँग छलफल भइरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो। प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको छ।

यस बारेमा जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था एनएचकेले खबर सम्प्रेषण गरेको छ। यस नियम लागू भएसँगै नेपाली युवाका लागि जापान प्रमुख रोजगार गन्तव्य देशका रुपमा विकास हुने अनुमान गरिएको छ।

सोमबार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो। एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने बताइएको छ।

जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ। नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ।

जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ।

प्राविधिक तथा सिप परिक्षाको तयारी सुरु

जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी पनि गरिरहेको बताइएको छ। जापान सरकारले विभिन्न देशमा श्रम सहयोग केन्द्र खोल्ने तयारी समेत गरिरहेको समाचारमा उल्लेख छ।

जापानले भियतनाम, फिलिपिन्ससहित केही एसियाली देशमा प्राविधिक तथा सिप परिक्षा लिने आन्तरिक तयारी पनि थालिसकेको छ। आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट जापान आन चाहने विदेशी कामदारले अनिवार्य भाषा र सिप परीक्षा दिनुपर्ने छ।

विभिन्न सरकारी सेवा, स्वास्थ्य सेवा, विपदका बेला दिइने सूचना, मोबाइल सेवा, सवारी चालक अनुमति पत्र लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप विस्तार र सुधार गरी विदेशी कामदारमैत्री बनाउने तयारी थालेको छ। प्रयोगकर्ताको सहज सेवाका लागि जापानी बाहेक अन्य भाषामा समेत यस्ता सेवा दिने तयारीमा जापान सरकार रहेको छ।

विद्यार्थीहरुका लागि काम गर्ने क्षेत्र फराकिलो हुने

जापान सरकारले अन्तर्राष्ट्रिय श्रम बजारबाट रोजगारीका लागि वर्षेनी ठूलो संख्यामा विदेशी श्रमिक भित्र्याउने घोषणा गरिसकेको छ।

जापानले कृषि, स्वास्थ्य, उद्योग, कियरगिभर र सुरक्षा गार्डमा विदेशी कामदार लिने जनाएको छ। हाल अध्ययनका लागि नेपाली विद्यार्थी भिसामा जापान गइरहेका छन्। ५६ हजारभन्दा धेरै विद्यार्थी अध्ययनका लागि जापान पुगेका वैदेशिक रोजगार शैक्षिक परामर्श केन्द्रको तंथ्याकमा उल्लेख छ।

जापानमै अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा जनवरीदेखि नै लागू हुनेगरी हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि अवसर प्रदान गरिने भएको छ। जसले स्कुलस्तरको अध्ययन सकेर पनि आफ्नै पढाइको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना हुने अनुमान गरिएको छ। ***

समुन्द्रपारीडटकमबाट

०००

यो पनि हेर्नुहोस :

‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’

–सञ्चिता घिमिरे

काठमाडौँ, ४ पुस । दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो ।

सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९÷२० घण्टा काम गर्नुभयो । खटाइ धेरै भए पनि त्यसैका आधारमा उहाँको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उहाँ खुशी नै हुनुहुन्थ्यो । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लाग्नुभयो । काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उहाँ गर्भवती बन्नुभयो । उहाँले भन्नुभयो, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उहाँले बताउनुभयो । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उहाँलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उहाँले साढे तीन महीना काट्नुभयो । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उहाँ त्यहाँबाट छुट्नुभयो । विमानस्थलमा आइपुगे पनि उहाँसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उहाँ घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् ।

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुग्नुभएको थियो । उहाँको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उहाँ एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उहाँ सानिमा भन्नुहुन्थ्यो) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उहाँ राहदानी बनाउनेलगायतका तयारीमा जुट्नुभयो । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुग्नुभयो । उहाँ भन्नुभयो, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेट्नुभयो । तीमध्ये एकजना गर्भवती महिलाले उहाँलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भन्नुभयो । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्कनुभयो र भारत पुग्नुभयो । उहाँको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आउनुभयो । अहिले उहाँले दलाललाई पक्राउ गराउन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छ । कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाडौँमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।”

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०÷२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्काे देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरु पीडित बनेका हुन् । रासस