प्रधानमन्त्रीले आफ्नो गल्ति सच्याउनुपर्छ : नेकपा नेता योगेश भट्टराई (भिडियो)

काठमाडौँ । ओली सरकारको आलोचना भइरहेको बेला अहिले सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठक जारी छ । उक्त बैठकमा पनि यहि सेरोफेरोमा छलफल भइरहेको छ । बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । त्यसैगरी बामदेव गौतमले पनि फरक विचारसहितको लिखित प्रतिवेदन पेश गरेका छन् । यसले नेकपाभित्र असन्तुष्टी बढेको हो कि भन्ने संकेत गर्छ ।

यिनै विषयमा केन्द्रित रहेर नेकपाका नेता योगेश भट्टराईसँग ऋषि धमलाले जनता जान्न चाहान्छन कार्यक्रममा कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा भएको कुराकानीको छोटो अंश र पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस :