मन थामेर हेर्नुहोस – ६२ बर्षे बृद्ध आमाको चित्कार–‘बाबु मेरो छोरालाई मारे, मैले न्याय पाइन !’ (बिशेष भिडियो रिपोर्ट)

बृद्ध आमा बाबुको लागी आफ्नो सन्तान भन्दा प्यारो अरु के हुन सक्ला ?

पोखराकी ६२ बर्षकी बृद्ध बिष्णुकुमारी पाण्डे आफ्नो २६ बर्षिय छोरा सुर्य पाण्डेलाई ‘उखु र चक्कुले हानेर मारेको’ भन्दै न्याय खोज्न प्रहरी कार्यालय जान्छीन । गैरहन्छीन । अझै जादैछिन । यसरी उनी प्रहरी कार्यालय लगायतका बिभिन्न प्रशासनिक निकायमा धाउन थालेको झण्डै चार बर्ष भयो । बृद्ध बिष्णुकुमारी भन्छीन – ‘मेरो छोरालाई मारे, मैले आज सम्म न्याय पाइन ।’ ४ बर्ष देखी उनको काम नै बिभिन्न प्रहरी कार्यालय, मानव अधिकार आयोग लगायतमा धाउने मात्रै छ । ‘कहिले काही कालो चिया दिन्छन, नत्र पानीकै भरमा बेलुका घर फर्कन्छु’ – बिष्णुकुमारी भक्कानो फुट्ने गरी रुदै सुनाउछिन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी रबिन्द्र मान गुरुङ ४ बर्ष अघिको घटना भएपनी आफुहरु आएपछी पुनः अनुसन्धान गरीरहेको बताउछन । ढिलो त भयो, तर प्रहरीले सत्य तथ्य बाहिर ल्याएरै छोड्ने डिएसपी गुरुङको दाबी छ । खासमा मृतक सुर्य पाण्डेको हत्या थियो कि स्वभाबिक मृत्यु थियो भन्ने कुराको टुङ्गो अहिले सम्म लाग्न सकेको छैन ।

ति ६२ बर्षिय बृद्ध आमाको चित्कार र प्रहरीको भनाई सहीतको बिशेष कार्यक्रम भर्खरै गण्डकी टेलिभिजनले सार्वजनिक गरेको छ । आमाको पिडा हेर्दा जो कोहीका आँखा रसाउछन । कृपया तलको पुरा भिडियो हेर्नुहोस :