सुझुकीले नेपालले ल्यायो विभिन्न फिचर सहितको नया मोडलको अटोमेटिक स्कुटर, मूल्य निक्कै आकर्षक

काठमाडौँ | सुजुकीको आधिकारिक विक्रेता विशाल ग्रुपले नेपाली बजारमा नया स्कुटर ल्याएको छ | सुजुकीको १२५ सिसि इन्जिन भएको नयाँ मोडलको स्कूटर ल्याएको हो | सुजुकी बर्गम्यान स्ट्रिट नाम गरिएको उक्त स्कूटर हेर्दा निकै मोडर्न देखिन्छ | बर्गम्यान ४०० को डिजाइनमा आधारित यस स्कूटर पनि आकारको विषयमा निकै ठूलो मान्न सकिन्छ | सुजुकी बर्गम्यान स्ट्रिटको च्यासिस र ड्राइभलाइन सुजुकी कै अर्को १२५ सिसि इन्जिन भएको स्कूटर सुजुकी एसेससंग एकै छ | यसर्थ यो नयाँ स्कूटरले सुजुकी एसेस सरह कै तागत र पावर पैदा गर्न सक्नेछ |

यो स्कूटरको अगाडि एलईडी लाइट र फ्रन्ट डिस्क ब्रेकसंगै कम्बाईन्ड ब्रेक सिस्टम रहेको छ | आकार अन्यभन्दा ठूलो भएको कारणले यो स्कूटरको सामान राख्ने स्थान पनि अन्यभन्दा ठूलो नै रहेको छ | यो स्कूटर तीनवटा मुख्य रंग र फिनिसमा उपलब्ध हुने छ – सेतो, खैरो र कालो |

सुजुकीको नयाँ बर्गम्यान स्कूटरमा १२५ सिसिको इन्जिन रहेको छ भने ७००० आरपीएममा ८.६ बीएचपीको पावर जेनेरेट गर्नेछ | त्यसै गरी ५००० आरपीएममा १०.२ एनम टर्क उत्पादन गर्नेछ | अटोमेटिक गियर भएको यस स्कुटरले एक लिटर बराबर ५३ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ | अगाडी डिस्क ब्रेक र पछाडी ड्रम ब्रेक भएको यस स्कुटरको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ |

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ |यस लगायत सुजुकी नेपालले चाडै नै सुजुकी जिक्सरको २५० सिसिको मोडल नेपालमा ल्याउने भएको छ | नेपाली बजारमा निकै प्रचलित रहेको सुजुकी जिक्सर १६० को अपग्रेड मोडलको रुपमा यो मोडललाई बिक्रि गरिनेछ | सन् २०१९ तिर उपलब्ध हुने उक्त मोडलको बजार मूल्य भने हालको मोडलभन्दा निकै बढी हुने निश्चित छ |

सुजुकी बर्गम्यान १२५ को नपाली बजारको मूल्य २,२९,९०० निर्धारण गरिएको छ |

स्रोत : भीजि सुजुकी नेपाल फेसबुक पेज, टेकलेख