पाचथरमा फेला पर्यो हलेसी जस्तै दुई गुफा, जुन गुफा मै छ पानीको मुहान र त्यो अमृत सरह मानेर पिउदा सबै पाप पखालिने विश्वास गरिन्छ (भिडियो सहित)

काठमाडौँ । खोटाङ्गको हलेसी जस्तै पाचथरको फिदिममा पनि गुफा फेला परेको छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिन्नसकिने महादेव गुफा फिदिम नगरपालिका वार्ड नम्बर १४ मा भेटिएको छ। पाँचथरको सदरमुकाम फिदिम नजिकै भेटिएको उक्त गुफा येति खेर चर्चा को बिषय भनेको छ। गुफा अरु गुफाको तुलनामा अली फरक रहेको छ।

३०-३० मिटर लामो गुफाबाट पानी पनि पलाउने र त्यो पनि अमृत मानेर पिउने गरिन्छ । समयमा प्रचार हुन सके उक्त धार्मिक स्थल पर्यटकीय हेतुले सबै लाभान्वित हुन सकिने फिदिम वासीहरु बताउछन्। उक्त गुफा मा दर्शन गरे बर्षौ देखी को पाप वाट मुक्त हुन सकिने स्थानीय को भनाइ रहेको छ।

धार्मिक आश्था भएकाहरु एक पटक पुग्ने पर्ने यस गुफा निकै मनमोहक ठाउँमा रहेको छ । गुफा बेवास्थापन तिर समयमा ध्यान दिन सके उक्त स्थल रमणीय पर्यटकीय स्थलको रुपमा चिनिने स्थानीय बताउछन्। चारै तिर जंगल र झरनाहरु रहेको यस गुफाको अवलोकन गर्नुहोस तल :

०००

यो पनि हेर्नुहोस :

कुन राशी भएको मानिस सबै भन्दा झुटो बोल्छ ? थाहा पाउनुहोस्

काठमाडौँ, २६ कार्तिक । कुनै -कुनै मानिस झुटको खेती गर्न खुब रुचाउँछन् । उनीहरुले झुटो बोलेर दुनियाँ बदलिदिन पनि सक्छन् । जो मानिस झुटो बोल्छ उसको आचरण पनि प्राय खराब नै हुने गर्दछ । हुन त आफ्नो फाइदाको लागि मानिसले झुटो बोलिरहेको हुन्छ तर कहिलेकाँही त्यहिँ बानीले उसलाई फसाउन सक्छ ।

ज्योतिष शास्त्रअनुसार झुटो बोल्ने मानिसलाई उसको राशीले नै प्रभाव पारिरहेको हुन्छ । राशीले जीवनका धेरै कुराहरु संकेत गर्ने गर्छ । आज हामी तपाईलाई सबैभन्दा झुट कुन राशीको मानिस बोल्छन भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ ।

मेष राशि : सधै नम्र र स्ष्टि व्यवहार गर्ने उक्त राशी भएका मानिसहरुलाई झुटो बोल्नु आवश्यकता हुँदैन् । उनीहरु झुट माथि सजिलै विश्वास पनि गर्दैनन् ।

वृष राशि : यो राशी भएका मानिसहरु सानो कुरामा पनि लालहित हुने भएकाले हरेक कुरामा झुट बोल्ने गर्छन् । झुटो बोल्न डराएपनि उनीहरु निकै जिद्दी स्वभावका हुने गर्छन् ।

मिथुन राशि : अरुको नजरमा आफु राम्रो देखिनको लागि पनि यो राशी भएका व्यक्तिहरु झुट बोल्न माहिर हुने गर्छन् । उनीहरुमा स्थिर सोच हुने भएकाले आफ्नो हरेक विचारहरु परिवर्तन गर्ने गर्छन् । उनीहरु पाइला पाइलामा झुट बोल्ने गर्छन् ।

कर्कट राशि : यो राशी भएका मानिसहरु आफ्नो लागि मात्र नभएर अरुको लागि भएपनि झुट बोल्ने गर्छन् । यीनीहरु इमान्दार हुन्छन् । अरुले आफ्नो बारेमा केही भन्ने हुन की भन्नेमा भने सधै चिन्तित हुने गर्छन् ।

सिंह राशि : उनीहरु आफ्नो प्रस्तुती साथै उपस्थिती बलियो रहोस् भन्ने चाहने राख्ने गर्छन् । यो राशी भएका मानिसहरु चतुर रहने गर्छन् । उनीहरु गफ गर्नमा माहिर हुने भएकाले उनीहरुले बोलेको झुट पनि सत्य जस्तै हुन्छ ।

कन्या राशि : उनीहरु झुट बोल्न मन पराउँदैनन् । उनीहरु अप्ठयारो परिस्थितीमा पनि झुट बोल्न डराउँछन् । हरेक परिस्थितीमा सोचेर बोल्ने गर्छन् ।

तुला राशि : हरेक समस्याहरु कुटनितिक तरिकाले गर्ने भएकाले आफुलाई अप्ठ्यारो परिस्थिती आइपर्दा झुट बोल्न पछि हट्दैनन् । आफ््नो झुठ लुकाउन निकै चलाख हुन्छन् ।

वृश्चिक राशि : झुठ बोल्नेमा निकै अगाडी देखिएका यो राशी भएका मानिसहरु झुठो कुरा बोल्न डराउँदैनन् । झुठ धेरै भएका कारण केही न केही झुठ बोल्ने व्यक्तिहरुको पत्ता लाग्ने गर्छ ।

धनु राशि : यो राशी भएका मानिसहरु झुठ बोल्ने कार्यको जहिले पनि विरुद्धमा हुने गर्छन् । उनीहरु आफ्नो आफन्त र साथीहरुको लागि सामान्य झुट बोल्ने गर्छन् ।

मिथुन राशि : यो राशी भएका मानिसहरु झुठ बोल्न कार्यमा खासै रुचि राख्दैनन् । स्पष्ट बोल्ने यो राशी भएका मानिसहरु आफ्नो गल्तीलाई सजिलै आत्मासाथ गर्छन् । त्यसकारण उनहरु झुट बोल्न बाट टाढा बस्ने गर्छन् ।

कुम्भ राशि : आफ्नै तरिकाले रमाउने भएकाले यो राशी भएका मानिस झुठ बोल्न धेरै गाह्रो मान्दैनन् । जुनसुकै हदमा पनि झुट बोल्ने गर्छन् ।

मीन राशि : मीन राशी भएका मानिसहरु धेरै नै कम बोल्ने गर्छन् । संवेदनशिल रहने भएर काम गर्ने भएको कारण यो राशी हुने व्यक्तिे सानो तिनो झुठ बोल्न सक्छन् ।

०००

यो पनि हेर्नुहोस :

तालबाराही मन्दीर अगाडी देखियो यस्तो आरती ! हेर्दा पनि आनन्द आउने ! हेर्नुहोस आनन्द लिनुहोस (भिडियो सहित)

पोखरा । धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखराको तालबराहीमा नित्य सन्ध्याकालिन आरती भैरहेको छ ।

पोखराको फेवाताल किनारमा असोज २४ गते देखि दैनिक रुपमा सन्ध्याकालिन आरती कार्यक्रम आयोजना भैरहेको माता तालबाराही आरती सेवा समितिका सचिव तुलसी दाहालले बताएका छन् ।

पितृ उद्धार आत्मशान्ति, फेवाताल परिसर भित्र विभिन्न समयमा मृत्युवरण गरेका मानिसहरुको आत्माको वैकुण्ठ बास होस् भन्ने कामना सहित मनोकाक्षा पुराको लागि बाराही घाटमा दिप प्रज्वलन भैरहेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले बताए ।

शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्को कामना गर्दै नेपालको पशुपतिनाथ हुदै पोखराको बाराही घाटमा आरती हुने उनले बताए । पोखरा आउने अधिकांश पर्यटक धार्मिक आस्थाका आधारमा आउने भएकाले धार्मिक पर्यटनलाई बढाव दिन यसले महत्व भुमिका खेल्ने अधिकारीको दावी छ ।

पोखरा आन्तरिक तथा वाह्य पर्यटकहरुको भ्रमण गन्तव्य मात्र नरही धार्मीक पर्यटनको पनि प्रचुर सम्भावना रहेकाले यस बाट धार्मिक तथा सांस्कृतिक स्थानहरुको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

०००

यो पनि हेर्नुहोस :

घर-घरमा जोगीले फिरी लगाउने परम्परा हराउँदै

बेत्रावती, २७ कात्तिक । परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई निरन्तरदा दिँदै आएका योगीनाथ आफ्नो भक्तका घरमा आउन नै छाडेको किस्पाङ गाउँपालिका–२ फिकुरीका वडाध्यक्ष देवनाथ भट्टले बताउनुभयो ।

उहाँको अनुसार पुख्र्यौली सम्पत्तिजस्तै गरी भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर कात्तिक र चैत महीनामा घरघरमा पुगी सह जगाउने परम्परा भए पनि अहिले धेरै स्थानमा योगीले फिरी लगाउन जान छाडिसकेका छन् ।

गोरखनाथका भक्तका रुपमा चिनिने योगीले मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने विश्वास छ । अहिलेका पुस्ता योगी बन्न कान छेडेर कानफटा लगाउन रुचि नदिनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति हराउँदै गएको लिखु गाउँपालिका–१ का ६९ वर्षीय दुर्गानाथ योगीले बताउनुभयो ।

“परम्परालाई निरन्तरता दिन गाह्रो भइसक्यो ।” उहाँले भन्नुभयो, “घर धेरै छन्, पूरा मन्त्र पढ्न र दान थाप्न नै भ्याइन्न, सन्तानले पनि सहयोग गर्दैनन् ।” अघिल्लो रात फिरी लगाउने र भोलिपल्ट दान थाप्दै हिँड्ने योगीलाई भक्तले घरमा सह जाग्ने, भूतप्रेत तथा पिचासले दुःख नदिने विश्वासमा दान दिने गरेका छन् । रासस