जन्ती चढेको जिप बससंग ठोकिदा बेहुलाका आमा बुबा सहित ६ जनाको मृत्यु

दाङ, २७ मङ्सिर । छोराको बिबाह जन्तिमा हिडेका आमाबाबुको जिप दुर्घटनामा परि ज्यान गएको छ । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे ठोक्किएर दुर्घटना भएको नया पत्रिकामा खबर छ । स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ ।

दुईजना घाइतेको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

शुभ कार्यमा हिडेका उनीहरुको दुखद निधन हुदा गाउ नै शोकमा डुबेको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलाहा दुलही भने अर्काे स्कारपियोमा भएको हुनाले बाँच्न सफल भएका छन् । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । नेपाली सडकमा अत्याधिक चल्ने जिप प्राय दुर्घटनाको सिकारमा पर्ने गरेको छ ।

०००

यो पनि पढ्नुहोस :

भीरबाट लडेर मृत्यु

कावासोती, २६ मङ्सिर । नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

यसैबीच जिल्लामा गएराति छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा ना६ख ५२१७ नं को ट्रकमा लु१ह ८४० नं को अटोरिक्सा ठोक्किँदा अटोरिक्सा चालक मोरड मङ्गलबारेका ४३ वर्षीय छविलाल सुवेदी र उनकी श्रीमती ३४ वर्षीया गीता घाइते हुनुभएको छ । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै गैँडाकोट नगरपालिका–९ थुम्सिमा ना१क २२६ नं को ट्रकमा ना२३प १७३ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१० भैँसाखोरीका ४० वर्षीय होमनाथ कँडेल घाइते भएका छन् । उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । रासस