‘द भ्वाइस अफ नेपाल’ फाइनलको लागि जम्बो टोलि कतार उडे: एयरपोर्टमा चल्यो समर्थकको नाराबाजी

काठमाडौँ । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को फाइनल कतारमा हुने भएको छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्न सफल भएको छ ।

द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।

कार्यक्रममा चार वरिष्ठ गायक तथा संगीतकारलाई प्रशिक्षकको भूमिका दिइएको छ । प्रशिक्षकका रुपमा दिप श्रेष्ठ, अभय सुब्बा, प्रमोद खेरेल र सनुप पौडेललाई रहेको छ ।

अहिले ‘द भ्वाइस अफ नेपाल’ को फाइनलको लागि सम्पूर्ण टोलि कतारको लागि उडेका छन् ।