कसरी मुटुको रोग लाग्नबाट आफुलाई र अरुलाई बचाउने ? जानी राखौ : मुटु डा. आशिष आचार्य
– मुटु डा. आशिष आचार्य, जर्मनी
कोरोनरी हृदय रोग अंग्रेजीमा -Coronary Heart Disease (CHD) वा कोरोनरी धमनी रोग अंग्रेजीमा -Coronary Artery Disease (CAD) हुने मुख्य कारणहरू के छन् र यो रोग लाग्नबाट बच्ने उपायहरु के छन जानी राखौ र प्रयोग मा ल्याउनुहोस ।
मुटुको रोग भन्ने बितिकै सामान्यतया कोरोनरी धमनी रोग, हृदय रोग, मुटुको बाथ रोग , मुटुमा प्वाल पर्नु र मुटुको चाप बढ्नु र हृदयघात हुनु भने बुजिन्छ । हाम्रो समाजमा मुटुको रोग भन्ने बित्तिकै डराउने गरिन्छ र भन्ने गर्छन अब धेरै बाचिदैन । डराउनु पनि स्वभाविकनै हो । किनकि आज विश्वमा कुन रोगबाट कति मान्छे मर्छन भनेर तथ्यांक हेर्ने हो भने, सबै भन्दा बढी मानिसको मृत्यु मुटुकै रोगबाट हुने गरेको देखिन्छ I त्यसमा पनि सबै भन्दा बढी अचानक हुने हृदयघात, मुटुको रोग, सुगरको रोग दुवै एकै साथ भएका र त्यसैगरी मुटुको रोग र किड्नी रोग भएकाहरुलाई देखिन्छ । मुटुरोगबाट धेरै जस्तो मर्नेहरुको संख्या बिकसित देशरुमा नै पाइन्छ। मुटुको रोगलाई सामुदायिक रोग (Community Disease) भनेर भन्ने पनि गरिन्छ। किनकि मुटुको रोग आफै हुदैन र यो रोग लाग्नलाई लामो समय लाग्छ । धेरै जसो मानिसलाई लाग्न सक्छ यो रोग पनि अरु रोग जस्तै जीवाणुहरुको (Bacteria, Virus) कारणले हुन्छ तर एकदमै थोरै मात्रामा Bacteria, Virus ले गर्दा हुन्छ I (Endocarditis, Rheumatic Heart Disease) र धेरै भन्दा धेरै चाही जिबन यापन गर्ने पद्ती वा सैलीको परिबर्तनले अंग्रेजीमा lifestyle Change बाट हुने गर्दछ। हाम्रो देश पनि बिस्तारै बिकसित हुदैछ र बिकसित भएको एउटा सुचाङ्क भनेकै जिबन पद्तिमा परिबर्तन आउनु हो । त्यसैले बिकसित मुलुकमा जस्तै हाम्रो देशमा पनि हरेक नेपालीले मुटुको रोग लाग्ने कारणहरु बुझ्नु आजको परिबेशमा अतिनै जरुरि छ । मुटुको रोग र आफ्नो जिबन यापन गर्ने पद्तिमा गहिरो सम्बन्ध हुन्छ, जसले गर्दा यो रोग लाग्नबाट बच्न आफ्नै जिबन यापन गर्ने पद्ती वा सैलीको एकदमै ठुलो भूमिका हुन्छ I
हृदयघात हुने पहिलो कारण नै कोरोनरि हृदय रोग हो । त्यसैले यो रोग लाग्ने र बच्ने उपायहरु जान्नु हाम्रो जिबनमा , समाजमा र देशमा अतिनै आवस्यक छ भन्ने मेरो बुजाई छ र बुझाउने कोसिस गरेको छु ।
ध्यान दिनु पर्ने कुराहरु यी हुन् :
१. धुम्रपान गर्नु (पुरुषलाई तिन गुणा र महिला हरुलाई ६ गुणा कोरोनरी हृदय रोग लाग्ने खतरा हुन्छ)
-सुरुमै ध्यान दिएर धुम्रपान बन्द गरेमा – ५०-१००% खतराबाट बच्न सकिन्छ ।
३. सुगरको रोगि हुनु (पुरुषलाई चार गुणा र महिलाहरुलाई ६ गुणा कोरोनरी हृदय रोग लाग्ने खतरा हुन्छ)
– कार्बोहाइढ्रेट, गुलियो पदार्थ कम खाने र समयमै सुगर रोग को पहिचान गरेर रोगलाई अगाडी बढ्न दिएन भने कोरोनरी हृदय रोग लाग्ने चान्स कम हुन्छ ।
३. रक्तचापको समस्या देखिनु (प्रेसर बढ्नु )
-रक्तचाप बढेर त्यबाट देखिने लक्षणहरु देखा पर्न धेरै समय लाग्छ । त्यसैले रक्तचापको परिक्षण हरेक ३ देखि ६ महिनामा गर्ने गरेमा र भएको खण्डमा, चाडै औषधिबाट नियन्त्रणमा राख्नाले कोरोनरी हृदय रोग हुने खतरा र रक्तचापबाट हुने खतराबाट पनि बचिन्छ । तपाईको रक्तचाप १४०/८० mmHg भन्दा तल भएको राम्रो (१००/६० mmHg भन्दा तल भयो भने समस्या देखिन्छ । त्यसैले प्रेसरलाई ११०-१४० /६०-८० mmHg को रेन्जमा भएको राम्रो। १४०/८० mmHG भन्दा कम हुनु नराम्रो र १८०/१०० mmHg भन्दा माथि हुनुपनि नराम्रो।
४. रगतमा खराब कोलेस्टेरिनको मात्र बढ्नु (LDL/Lipoprotein)
– खराब कोलेस्टेरिनको मात्रा लाई १००-१२० भन्दा कम राख्नु (फेट र प्रोटिन प्रयाप्त भएका खाने कुराको सेवन कम गर्नु र बढी भएको खण्डमा शारीरिक ब्यायाम र औषधि कम गर्नाले मुटुको रोग लाग्नबाट बचिन्छ ।
५. दैनिक रक्सिको सेवन गर्नु (indirectly – रक्तचाप र कोलेसटेरिनको मात्रालाई बढाइ दिन्छ)
– रक्सि चाही हामीलाई नभई नहुने चिज हैन । रक्सीको लत लागे पछि छोड्न एकदमै गारो हुन्छ । रक्सीले रक्तचाप र शरीरमा कोलेस्टेरिनको मात्रालाई बढाइ दिन्छ र अप्रत्यक्ष रुपमा कोरोनरी हृदय रोग लाग्नमा मदत गर्छ । रक्सीले अरु पनि धेरै रोगहरु निम्तियाउछ । जस्तै – कलेजो , पित्तथैलि , प्यांक्रियाज, मृगौला रोग र क्यान्सर गराउदछ।
६. शारीरिक ब्यायामको कमि र चाहे भन्दा बढी मोटो पन हुनु
– दैनिक ३०-४५ मिनेट शरीरक ब्यायाम गर्नुहोस् , जसले तपाइको मस्तिस्कलाई छरितो र शरीरका सबै अंगहहरु सक्रिय हुन्छन । शरीर फुर्ति , अनुहारमा चमक आउछ । त्यसैगरी मोटो पन , फेटलाई घटाउन , रोगसंग लड्ने क्षमताको काम गर्दछ।
७. हरेक दिन तनाब हुनु (Working, Social and Mental Stress)
– कुनै पनि प्रकारको तनाब नलिनु राम्रो हुन्छ । विशेष गरेर काम गर्दा र परिवारमा बस्दा तनाबबाट मुक्त हुनु होस् । त्यसैगरी रिसाउने र उतेजित भरसक नहुनु राम्रो हुन्छ ।
८. परिवारका अरु सदस्यलाई कोरोनरि हृदय , रक्तचाप , सुगर, कोलेस्टेरिनबाट हुने रोगहरु देखा पर्नु (बुवा , आमा , दिदि , दाजु , काका , काकी हरुलाई – पुरुषलाई ५५ वर्ष भन्दा अगाडी देखा पर्नु र , महिला हरुलाई ६५ वर्ष भन्दा अगाडी देखा पर्दा छोरा , छोरी , भाइ , बहिनिहरुलाई मुटुको हृदय रोग देखिने प्रबल सम्भावना हुन्छ। यदि तपाईको परिवारका आफु भन्दा ठुलो कसैलाई हृदय रोग छ भने , तपाइको स्वास्थ्य नियमितरुपमा जचाउने गर्नु पर्छ र सम्भावना छ भने बेलैमा पहिचान गरेर त्यसको उपचार गरेर या खतरा हुनबाट बचाउनु पर्दछ ।
९. अस्वस्थ खाने कुरा ज्यादा खानु र स्वस्थ खाना कम खानु
– कार्बोहाइड्रेट , फेट , कोलेस्टेरिन , गुलियो , रातो मासुको मात्रा बढी भएका खाना कम खाने गर्नुहोस
– फलफुल , हरियो साग सब्जी , माछाको मासु ,सलाद, फेट नभएको तेल खाने बानि गर्नुहोस, फास्ट फुडबाट टाडा रहनुहोस