अशोकका साथी भुईकटहरेको दुःखका दिन गए (हेर्नुहोस् भिडियो)

झापा । झापाको दमकका १० बर्षे बालक टिकाराम धिमाल भुईकटहरेको परिवालाई घर निर्माण गरी भोली भब्य कार्यक्रमका बीच हस्तान्तरण गरिँदै छ । अशोक दर्जीका साथी भुईकटहरेको घर निर्माण सहयोग गर्ने दातालाई सम्मानसमेत
गरिने छ । कार्यक्रमको भब्य तयारी भइरहेको संयोजक पूर्ण वाइबाले जानकारी दिए ।

०००

यो पनि हेर्नुहोस :

के रबिना बादीले किड्नी बेचेकै हुन् त ? रबिना वादीको डाक्टरद्वारा स्वास्थ्य जाँच, भयो सबै खुलासा (भिडियो)

काठमाडौँ । रबिना बादी युट्युबमा एक चर्चित नाम हो । विशेष गरि उनका श्रीमान श्यामलाल ओलीसंग को सम्बन्धले गर्दा उनको चर्चा एक्कासि भएको थियो । उनको श्रीमानसंग मिलन भइसकेको खबर पनि आइरहेको छ तर वास्तविकता के हो अझै अन्योल मै छ । उनले आफ्नै गित र म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेकी छिन ।

तिनै रबिना बादीले आफ्नो छोराको उपचारको लागी निक्कै गम्भीर कदम उठाएकी छिन । उनको बाबुको मुटुको उपचार र अन्य गम्भीर रोगको उपचार गर्न लाखौ रुपैया लाग्ने भएपछी भारत गएर आफ्नो मृगौला नै बेचेर आएकी छिन । उनले भारतको देहरादुनको दुना अस्पतालमा किड्नी बेचेकी थिइन । एक हप्तासम्म त्यहि अस्पतालमा उपचार गराएर अहिले उनी नेपाल आइपुगेकी छिन ।

तर रबिनाले किड्नी बेचेकै हो त ? भनेर विभिन्न व्यक्तिहरुले शंका उपशंका गरेको बेला रबिना बादी डाक्टरसंगै मिडियामा आएर प्रष्ट पारेकी छिन । हेर्नुहोस पछिल्लो भिडियो :

०००

यो पनि हेर्नुहोस :

पैसा कमाएर दुबईबाट फर्कदा श्रीमतीको पेटमा परपुरुषको ६ महिनाको गर्भ , विदेशिएका नेपालीले हेर्नै पर्ने भिडियो

काठमाडौँ । बैदेशिक रोजगारीले यमलाल अधिकारीको परिवार भाँडिएको छ । बैदेशिक रोजगारीको लागि दुबई गएका बेलमा उनको नेपालमा रहेको परिवार भाँडिएको हो । श्रीमती जमुना पाण्डेले घर छोडेर हिंडेको यमलालले बताएका छन् ।

बिगत चार महिनादेखि जमुना आफुसँग नभएको उनले बताए । उनी दुबईमा रहँदा पर्वतका लोकनाथ आचार्य नाम गरेका पुरुषसँग जमुना गएको उनको दाबी छ । जमुनाले पाँच बर्षीय छोरी किसमस अधिकारीलाई पनि सँगै लगेकी छन् ।

सम्बन्ध बिच्छेद गर्न आफु तयार रहेको बताउँदै उनले उनीहरु अहिले भारतमा लुकेर बसेको बताएका छन् । जमुनासँगै गएका लोकनाथले सम्बन्ध बिच्छेदको लागि अझै एक बर्ष कुर्न भनेको उनले बताएका छन् । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

हराएको दश वर्षपछि मुत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित

– रामबहादुर थापा

बागलुङ, ११ मङ्सिर । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कनुभएका बस्नेत अब कहिल्यै घर फर्कनुहुने छैन । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

दश वर्षदेखि हराउनुभएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताउनुभयो ।

दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख) मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइनुभएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।

दिल्लीमै रहनुभएका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उहाँको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिनुभएको थियो ।

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उहाँले भन्नुभयो । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उहाँको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भन्नुभयो, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।”

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुग्नुभएका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन हुनुभएको दिल्लीमै रहनुभएका खड्क साहानीले बताउनुभयो । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उहाँले भन्नुभयो, “यत्रो घटना कसरी लुक्यो ।”

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा पर्नुभएको थियो । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गर्नुभएको थियो । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भन्नुभयो, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फर्कुनुहुन्छ वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आउनुभएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उहाँको जीवनमा ठूलो विपद् आइलागेको छ । रासस

०००

यो पनि हेर्नुहोस :

बासी भात फाल्ने गर्नु भएको छ ! कहिलेपनि नफाल्नुहोस,बासी भात खानुको यस्ता छन् फाईदा

सबैको घरमा प्राय: जसो भात अलि धेरै पकाउने चलन छ। जुन सबैले खाना खाइसकेपछि बाकि रहेको भातलाई हामी बासी भात भन्ने गरिन्छ । र त्यसलाई पुन: खानेले खान्छन र फाल्नेले फाल्छन अथवा अरुलाई खुवाउछौ ।

तर, अबदेखि यदि घरमा पकाएको भात बढी भयो भने त्यसलाई फ्याक्ने काम नगरौँ । किनकि बासि भात खानाले हाम्रो स्वास्थ्यलाई हुने फाइदाको बारेमा तपाईँलाई थाहा नहुन सक्छ । राति पकाएको भात उब्रेको छ भने त्यसलाई नफ्याकि माटोको भाडामा रातभर पानीमा राखिदिनुस । त्यो भातलाई काँचो प्याज मिसाएर बिहानको ब्रेकफास्टमा खान सक्नु हुन्छ । बासि भात तपाईले कहिल्यै नखाएपनि यसले तपाईलाइ धेरै नै फाइदा हुन्छ ।

बासी भात खानुको फाईदा  जानीराख्नुहोस:

१. बासी भात आफैँमा एक चिसोयुक्त खाना हो । यदि तपाईले बासि भातलाई सहि तरिका अपनाएर खानुभयो भने तपाईको शरिरको तापक्रम नियन्त्रणमा रहन्छ ।

२. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

३. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।

(एजेन्सीको सहयोगमा)

०००

यो पनि हेर्नुहोस :

जाडोमा लुगलुग काम्दै यस्तो कठिन रुपमा सुट भएको थियो शृंखलाको बायो भिडियो, बिहाइन्ड द सिन हेर्नुस (भिडियो)

काठमाडौं। मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा शृंखला खतिवडा अहिले चिनमा छिन। उनि विश्वभरका १२१ देशका सुन्दरीहरुलाई पछी पार्दै अग्रस्थानमा प्रतिष्पर्धा गर्दैछिन ।

मिस वर्ल्डमा प्रस्तुत गरिएको शृंखलाको परिचयात्मक भिडियो कसरी निर्माण गरीएको थियो होला ? त्यसको बिहाइन्ड द सिन सार्बजनिक भएको छ । भिडियो सुट काठमाडौँमा मात्र नभएर अत्यन्तै जाडो भएको गोसाईकुन्डमा पनि गरिएको थियो । जुन सुट गर्न शृंखलालाई निक्कै कठिन भएको थियो । हेर्नुहोस गोसाईकुण्डको बिहाइन्ड द सिन भिडियो :

०००

यो पनि हेर्नुहोस :

मिस नेपाल शृंखला भर्सेज मिस इन्डिया अनुक्रिथी हेड टु हेड च्यालेन्ज, भिडियो ट्रेन्डीङ नम्बर वानमा (भिडियो)

काठमाडौँ । चिनको सान्या शहरमा भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिन मिस नेपाल वर्ल्ड शृंखला खतिवडा पुगेकी छिन् । उनि लगायत विश्व भरबाट १२१ मिसहरु पनि त्यहाँ पुगेका थिए । शृंखला खतिवडा मिस वर्ल्डको प्रमुख दावेदारको रुपमा हेरीएको छ । मिस वर्ल्डको हेड टु हेड च्यालेन्ज अन्तर्गत सोधिएको निक्कै गहकिलो प्रश्नको जवाफ त्यति नै गहकिलो दिए पछी शृंखलाको विश्वभर चर्चा बढेको छ । त्यस्तै च्यालेन्जमा मिस इंडिया अनुक्रिथीले पनि राम्रै जवाफ दिएकी छिन । मिस नेपाल र मिस इंडियाको उक्त भिडियो अहिले युट्युबको ट्रेन्डीङ नम्बर वानमा पुगेको छ। हेर्नुहोस भिडियो :