नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ – स्टेप बाई स्टेप भिडियो सहित

काठमाडौँ । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ ।

अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वर्ल्ड २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् ।

उक्त तस्विरले धेरैको मन जितिरहेको छ । तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस । स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वर्ल्डको यात्रा प्रारम्भ भएको जानकारीसमेत गराएकी छिन् ।

मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । मिस वर्ल्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् ।

कसरी गर्ने भोट ?

श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरूसमक्ष आग्रहसमेत गरेकी छिन् । त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्नेछ । त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ । उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एकमत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्नेछ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वर्ल्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन् ।

०००

यो पनि हेर्नुहोस :

मिस नेपाल शृंखला भर्सेज मिस इन्डिया अनुक्रिथी हेड टु हेड च्यालेन्ज, भिडियो ट्रेन्डीङ नम्बर वानमा (भिडियो)

काठमाडौँ । चिनको सान्या शहरमा भइरहेको मिस वर्ल्ड २०१८ प्रतियोगितामा भाग लिन मिस नेपाल वर्ल्ड शृंखला खतिवडा पुगेकी छिन् । उनि लगायत विश्व भरबाट १२१ मिसहरु पनि त्यहाँ पुगेका थिए । शृंखला खतिवडा मिस वर्ल्डको प्रमुख दावेदारको रुपमा हेरीएको छ । मिस वर्ल्डको हेड टु हेड च्यालेन्ज अन्तर्गत सोधिएको निक्कै गहकिलो प्रश्नको जवाफ त्यति नै गहकिलो दिए पछी शृंखलाको विश्वभर चर्चा बढेको छ । त्यस्तै च्यालेन्जमा मिस इंडिया अनुक्रिथीले पनि राम्रै जवाफ दिएकी छिन । मिस नेपाल र मिस इंडियाको उक्त भिडियो अहिले युट्युबको ट्रेन्डीङ नम्बर वानमा पुगेको छ। हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

शृंखला खतिवडाको भिडियो हेरेर निक्कै भावुक बने यी विदेशी युवक (भिडियो)

काठमाडौँ । श्रृंखला खतिवडा विश्वभरका १२१ युवतीहरुलाई उछिन्दै मिस वल्र्ड– २०१८ को अन्तिम चरणमा पुगिसकेकी छिन । पब्लिक भोटमा त उनि आजको दिन सम्म पहिलो नम्बर मै छिन । मिस वर्ल्डको इतिहासमा कुनै पनि मिस नेपाल यो स्थान सम्म पुगेको यो नै पहिलो हो । उनि मिस वर्ल्ड भए विश्वले नेपाललाई चिन्ने छन् ।

विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् । मकवानपुर घर भएकी २२ वर्षीय शृंखला खतिवडा समाजसेवी पनि हुन् । उनि पेशाले भने इन्जिनियर हुन् भने प्रतिष्ठित इन्जिनियरिङ कलेज पुल्चोक टपर पनि हुन् । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् ।

शृंखलाको परिचयात्मक भिडियो हेरेर एक विदेशी युवक धेरै भावुक बनेका छन् । सामाजिक संजालमा भाइरल उक्त भिडियो तल हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

शृंखला खतिवडाले सार्बजनिक गरिन यस्तो तस्बिर, जहा विश्वभरका मिसहरु पार्कमा रमाइलो गर्दैछन (फोटो फिचर)

काठमाडौँ । मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा रहेकी नेपाली चेली शृंखला खतिवडाले केहि रमाइलो तस्बिरहरु सार्बजनिक गरेकी छिन । उनि लगायत उनको टिम चिनको हैकोउ क्षेत्रमा रहेको वेटल्याण्डमा घुम्नु जादा खिचिएको केहि तस्बिरहरु मिस वर्ल्ड नेपालको फेसबुक मार्फत सार्बजनिक भएको थियो । जुन तस्बिर शृंखला स्वयमले खिचेकी हुन् । उनले फोटो सार्बजनिक गर्दै लेखेकी छिन –

We visited the wetland park in Haikou this morning. Haikou was honored as an international wetland city two months ago. Was amazed to find out that the 14,000 sq.m of land is capable of treating 5000 ton of waste water per day. The public life is thriving in and around the park, it’s added on to the beauty of the city and directly promotes Hainan’s promise to make it an environment friendly province. What an incredible example to the rest of the world ❤️

तस्बिरहरु हेर्नुहोस ”

०००

यो पनि हेर्नुहोस :

चिनको सान्यामा भइरहेको मिस वर्ल्डमा शृंखलालाई सोधिएको यी ३ प्रश्न र उनको जवाफ हेर्नुहोस (भिडियो)

काठमाडौं । एक सय २१ देशका सुन्दरीहरुसंग प्रतिष्पर्धा गर्दै शृंखला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमी फाइनलमा पुगेकी छिन । मिस वर्ल्डले भर्खरै हेड टु हेड च्यालेन्ज अन्तर्गत ग्रुप १३ को प्रतिष्पर्धीलाई सोधिएको प्रश्न र त्यसको जवाफको भिडियो युट्युबमा सार्बजनिक गरेको छ । ग्रुप १३ मा हाम्रो देश नेपालसँगै बोस्निया हर्जगोभिना, गुवाम, लग्जम्वर्ग, माल्डोभा र अर्जेन्टिना लगायत छ वटा देश छन । जसमध्ये मिस अर्जेन्टिना आफ्नो स्वास्थ्यका कारण उपस्थित थिईनन ।

उक्त ग्रुपको अग्रपंति छिन मिस नेपाल शृंखला खतिवडा । उनलाई प्रस्तोताले ३ प्रश्न सोधेका छन् । जसको जवाफ निक्कै गहकिलो दिएर सबैलाई चकित पारिदिएकी छिन शृंखलाले । हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

१२१ देशलाई धुलो चटाउदै नेपाली छोरी शृङ्खला जितको नजिक (हेर्नुहोस महत्वपूर्ण भिडियो)

काठमाडौँ । नेपालकी श्रृङ्खला खतिवडा चीनमा भईरहेको विश्व सुन्दरी प्रतियोगिताको उपाधी नजिक पुगेकी छन् । विश्व सुन्दरी प्रतियोगिताको ६८ औं सस्करणमा नेपालकी छोरी श्रृङ्खला खतिवडा उपाधीको नजिक पुगेकी हुन् ।

उनीसँगै प्रतियोगितामा सहभागी भएका १ सय २१ राष्ट्रका प्रतियोगिलाई उनले दबाबमा राखेकी छन् । पछिल्लो जानकारी अनुसार उनले सेमिफाईनल सम्मको यात्रा तय गरीसकेकी छन् । आफुले सेमिफाईनल सम्मको यात्रा तय गरेको फेसवुक मार्फत जानकारी दिएकी हुन् ।

उनी नेपाल सुन्दरी बन्दै विश्व सुन्दरी भिडन्तमा भाग लिन चिन पुगेकी हुन् । श्रृङ्खलाले यस पटक उपाधी जित्ने सम्भावना बढी नै रहेको चर्चा हुने गरेको छ । उनले अहिलेसम्म सहभागी सबैले भन्दा राम्रो भोट प्राप्त गरेकी छन् ।

उनलाई भोट गरेर विश्व सुन्दरीको ताज नेपाल ल्याउन अहिले अभियाननै चलाइएको छ । ठाउँठाउँमा उनलाई जिताउ अभियान सुरु भएका हुन् । देश विदेशमा रहेका नेपालीले भोट दिएको खण्डमा यस पटक विश्व सुन्दरीको ताज नेपाल आउने सम्भावना प्रवल रहेको छ ।

०००

यो पनि हेर्नुहोस :

नेपाली चेली शृङ्खला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा

काठमाडौं, ६ मङ्सिर । नेपाली चेली शृंखला खतिवडा मिस वोर्ल्ड  २०१८ को सेमिफाइनलमा प्रवेश गरेकी छिन। विश्वभरबाट १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

शृंखलाले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्।

मकवानपुर घर भएकी २२ वर्षीय शृंखला खतिवडा समाजसेवी पनि हुन् । उनि पेशाले भने इन्जिनियर हुन् भने प्रतिष्ठित इन्जिनियरिङ कलेज पुल्चोक टपर पनि हुन् । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् ।

मिस वोर्ल्ड  २०१८ को  सेमीफाइनलमा पुगेपछि शृंखलाले आफ्ना समर्थकहरुलाई भनेकी छिन – ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’


०००

यो पनि पढ्नुहोस :

यी सुन्दरीका कारण एक सामान्य मासु पसल भयो एकाएक प्रख्यात ! (फोटो सहित)

एजेन्सी, ५ मङ्सिर । सुन्दरता महिलाको गहना हो । महिलाको सौन्दर्यले जो कोहीलाई पनि लट्ठ्याउने गर्छ । झन् पुरुषहरुको त के कुरा । उनीहरु अनेक बहाना बनाएर सुन्दर महिलाको नजिक हुन् खोज्छन् ।

आज हामी तपाइँलाई एउटी यस्तै सुन्दर महिलाको बारेमा जानकारी दिनेछौं । उनि दक्षिण कोरियाकी युवती हुन् । जो अत्यन्तै सुन्दर भएकै कारण चर्चामा छिन् । हुन त उनि सामान्य तरकारी र मासु पसल चलाएर बस्छिन् तर उनको यो पसल अहिले दक्षिण कोरियाकै नाम चलेको र लोकप्रिय पसलहरू मध्य एक बनेको छ, जसको कारण हो उनको सौन्दर्य ।

दिनहुँ उनको पसलमा मानिसहरुको भिड लाग्ने गर्छ । कोहि तरकारी र मासु किन्न आएका हुन्छन् भने कोहि उनलाई हेर्नैकै लागि बहाना बनाएर आएका हुन्छन् । त्यसबाहेक ती युवतीलाई मोडलिङ र फिल्म खेल्ने अफर लिएर पनि उनको पसलमा मानिस आउने गरेका छन् । तर उनलाई त्यो अफर स्वीकार्य हुँदैन किनकि उनि आफ्नै काममा रमाइरहेकी देखिन्छ ।

०००

यो पनि पढ्नुहोस :

आफ्नो जन्म दिनमा साम्राज्ञीले किन देखाइन माझी औंला ? (भिडियो सहित)

काठमाडौँ । एक पछि अर्को फिल्म हिट भएपछि निकै चर्चित र महँगो नायिकाको रुपमा परिचित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको थप चर्चा चुलिएको छ।

आइतबार राति उनको जन्मदिन मनाइएको केही भिडियो क्लिपहरु सार्वजनिक भएका छन्। जुन भिडियोमा देखिएका व्यवहार हेर्दा अलि अपच देखिन्छ। जसमा सबै जना रमाइलो गर्दै नाचिरहेका र मदिरा सेवन गर्दै निकै रमाइलो गरि रहेका दृश्यहरु देख्न सकिन्छ ।

उनका प्रेमीसहित केही साथीहरूसँग रमाइलो गरि आफ्नो जन्म दिन मनाएकी थिइन । नाच्दै रमाइलो गर्दै मदिरा पिउदै गरेको दृश्य पनि कैद भएका छन् भने उनले रमाइलो गर्दै हास्दै आफ्नो माझी औंला समेत देखाएको दृश्य कैद भएको छ । हेर्नुहोस भिडियो:

०००

यो पनि पढ्नुहोस :

धेरै बोलेको भन्दै श्रीमतीको जिब्रो नै काटिदिएपछि….!

एजेन्सी, ५ मङ्सिर । एक व्यक्तिले आफ्नै श्रीमतीको जिब्रो काटिदिएको समचार बाहिरिएको छ ।

आफुबिरुद्ध धेरै मुख चलाएको भन्दै ती श्रीमानले श्रीमतीको जिब्रो काटिदिएका हुन् ।

घटना उत्तर प्रदेशको कानपुरस्थित बर्राको हो, विवाहपश्चात माईतीबाट दाइजो नल्याएको भन्दै आकाश नाम गरेका एक पुरुषले आफ्नी श्रीमतीलाई पटक -पटक हातपात गर्ने गरेका थिए । गत कार्तिक २० गते दीपावलीको दिन श्रीमतीलाई जबर्जस्ति मादक पदार्थ खान लगाएर जिब्रो काटिदिएका हुन् ।

त्यस दिन पनि उनले आफूसँग मुखमुखै लागेको निहुँमा श्रीमतीको जिब्रो काटिदिएका हुन् । छिमेकी मिहिलाहरुको सहयोगमा पिडितले प्रहरीमा उजूरी गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

०००

यो पनि पढ्नुहोस :

भाबुक हुदै कोठाबाट सामान बोकेर बाहिरीए भाइरल जोडी (भिडियो)

काठमाडौं । यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् ।

डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । आज यी जोडी पहिलेको कोठा छाडेका छन् । उनीहरु अहिले नयाँ कोठा सरेका छन् । एकदमै दु:खि भएका छन् हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

कविता नेपालीलाई रात परेपछि फोन गर्ने को हुन् ? हिरोर्इनहरुको भन्दा बढी पारिश्रमिक लिन थालिन (भिडियो)

काठमाडौँ । नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।

एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् ।

एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा कविता केही फरक रुपमा देखिइन् । सांझ पर्न थालेपछि कवितालाई फोन गरेर गाली गर्ने व्यक्तीका बारेमा यसरी सुनाईन् ।

०००

यो पनि हेर्नुहोस :

सोझी युवती देखेर बाटोमा हिडिरहेकी युवतीको फोन खोस्न खोज्दा चोरले पायो जिन्दगि कै ठुलो पिडा (संसार भर भाइरल भिडियो)

एजेन्सी । हिजो आज एक निक्कै रोचक भिडियो संसार भर भाइरल भइरहेको छ । घटना हो ब्राजिलको । त्यहाकी सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई ती युवतीले आफ्नो फोन मात्र फिर्ता लिइनन  त्यसको बदला पनि राम्रो संग लिइन ।

फोन चोर्ने चोरले सोचेका थिए साधारण युवती होला भनेर । तर ती युवती थिइइन जिउ जुत्सु खेलाडी । फोन चोरेको लगत्तै ति युवकलाई पछारेर लक लगाई हाले । चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् ।

भाइरल भिडियोमा चोरले आफुलाई छोड्नको लागि रुदै  बिन्ती गरेको देखिन्छ तर युवतीले उसलाई छोडेकी छैनन् । युवतीले चोरलाई भुइमा लडाएर रुवाई रहेको दृश्य देखेर त्यहाँ भएका प्रत्यक्षदर्शीले भिडियो खिची हाले । जुन सामाजिक संजाल र इन्टरनेट भरी अपलोड भएपछी अहिले भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस ।