निर्मला पन्तका बुबाको यस्तो हालतमा टिचिङ अस्पतालको मानसिक कक्षमा उपचार हुदै, खुट्टा भाचिएको अवस्थामा अस्पताल पुगे

काठमाडौँ, ९ मङ्सिर । छोरी निर्मला पन्तको न्यायको लागी लड्दा लड्दै मानसिक सन्तुलन गुमाएका बुवा यज्ञराजलाई उपचारको लागी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । कंचनपुरमा उपचार सम्भव नभएपछी उनलाई काठमाडौँ ल्याइएको हो ।

उनलाई विमानबाट ल्याउने तयारी गरिएपनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि गाडीमा ल्याइएको हो । चियाउने र हातपात गर्ने स्वभाव भएपछी उनलाई काठमाडौँ सम्म पुर्याउन तिन जना प्रहरी पनि खटाइएको थियो । तर अस्पताल ल्याई पुर्याउदा उनको खुट्टा फ्याक्चर भएको पाइयो । गाडीमा काठमाडौँ ल्याउने क्रममा बर्बराउने तथा उफ्रिने भएपछी उनलाई शान्त पार्ने सुइ लगाएर लाइएको थियो ।

मानसिक वार्डमा राखेर उनको उपचार थालिएको र उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको जनाईएको छ । उनको एक्सरे रिपोर्टमा खुट्टा फ्याक्चर भएको पाइएको छ ।

०००

यो पनि पढ्नुहोस :

कञ्चनपुरमा देखियो दर्दनाक दृश्य, निर्मला पन्तका बुबाको बिग्रियो मानसिक सन्तुलन, आफ्नै मान्छेलाई कुट्न थाले, पुलिस कै बन्दुक खोस्ने प्रयास (भिडियो हेर्नुहोस)

काठमाडौँ, ७ मङ्सिर । न्याय माग्दा माग्दै निर्मला पन्तको परिवारमा झन् अर्को बज्रपात भएको छ । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाउनु परेको छ।

महिनौँ देखि न्यायको भिख माग्दै आएका निर्मलाका बुबा र उनको परिवारको बिछिप्त हालत दर्शाउने यो भन्दा दर्दनाक अवस्था के होला? बुबा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनले सडकमा अस्वाभाविक हर्कतहरू गरेका दृश्य यो भिडियोमा देखिन्छ। न्यायका लागि धर्नमा बसेका बेलामा पनि उनी बर्बराउने, नाराबाजी गर्ने र बेलाबेलामा जोसिने अनि रूने गर्दै आएका छन्।

सरकारसँग न्याय माग्दामाग्दै थाकेका निर्मलाका पिताको कहालिलाग्दो यो अवस्था देख्दा कसको मन थामिएला? यो देशमा यदि न्याय हुन्थ्यो भने यी पिताको आज यो हाल पक्कै हुने थिएन। निर्मलाका बुबाले मानसिक सन्तुलन गुमाएपछि बीच सडकमा र धर्नामा देखाएको यो अस्वाभाविक कृयाकलाप र हिंस्रक व्यवहारले उनको बेहाल अवस्था दर्शाउँछ।

कतिसम्म भने निर्मलाका बुबा यज्ञराजले सुरक्षाकर्मीको हातबाट बन्दुक खोस्ने प्रयास समेत गरेका छन्। भिडियो हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

–शेरबहादुर सिंह

भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ ।

यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।

विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बढी छन् ।

धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाउनुभयो । यहाँ आउने नेताहरूले निर्मला प्रकरणमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै आएका छन् ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुग्नुभयो । सङ्घीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले धर्नामा बसेका निर्मलाका अभिभावकलाई आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्दै फर्किनुभयो । हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुआतदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन् ।

धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली काङ्ग्रेसका युवानेता गगन थापाले निर्मलाको हत्यारालाई कारवाहीका निम्ति स्थानीयस्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पु¥याउने बताउनुभयो । धर्नास्थल पुगेर नेता थापाले निर्मलाका बुबाआमाप्रति सहानुभूति व्यक्त गर्दै न्याय नपाउँदासम्म दबाब जारी रहने र आफूहरुको साथ रहने बताउनुभयो ।

त्यसैगरी धर्नालाई बिहीबारदेखि नेकपा (क्रान्तिकारी माओवादी) ले समेत समर्थन जनाउँदै महिला तथा बालबालिकामाथि घटिरहेका घटनाप्रति सरकार गम्भीर बन्न आग्रह गरेको छ भने नयाँ शक्ति पार्टीले पनि धर्नामा ऐक्बद्धता जनाएको छ । धर्नामा रहनुभएका नयाँ शक्ति पार्टीका नेतृ माया नेगीले न्याय नपाउँदासम्म दबाबका लागि धर्ना जारी रहने बताउनुभयो ।

स्थानीय प्रशासनले धर्नामा बसेका निर्मलाका बुबाआमालाई स्वास्थ्यप्रति ख्याल गर्न आग्रह गरिरहेको भए पनि घटना अनुसन्धानबारे कुनै जानकारी नदिने गरेको नेगीको भनाइ छ । पछिल्लो समय निर्मलाका बुबाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । “हामीलाई न्याय मिल्छ कि मिल्दैन, तपार्इंहरुले संसद्मा आवाज सशक्त बनाइदिनुप¥यो ।” निर्मलाकी आमा दुर्गादेवीले काङ्ग्रेस नेता गगन थापासित भन्नुभयो, “हामीलाई गरिएको उपेक्षाले न्याय पाउनेमा शङ्का बढ्दै गएको छ ।”

गत कात्तिक २५ गतेदेखि धर्नामा बसेका पीडित परिवारलाई भेट्न बिहीबार सांसद एवं नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलासहितको टोली यहाँ आइपुगेको छ । धर्नामा ऐक्यबद्धता जनाउँदै काङ्ग्रेस नेतृ सङ्ग्रौलाले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्मला हत्या प्रकरण गम्भीर र रहस्यमय बन्दै गएको बताउनुभयो ।

अनुसन्धानमै छौँ : प्रहरी

निर्मला हत्या प्रकरणमा गत भदौको पहिलो साता हत्या आरोपमा भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेपछि तरङ्गित बनेको प्रकरणमा अहिले प्रहरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको छ ।

मानसिक सन्तुलन ठीक नभएका विष्टलाई अभियुक्त बनाएको भन्दै जनआक्रोश बढ्दै गएपछि तत्काल गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीसम्मले उच्चस्तरबाट घटनाको छानबिन थाल्यो ।

अभियुक्त भनिएका विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि प्रहरीले विभिन्न अनुसन्धान टोली बनाएर सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको भए पनि कुनै प्रगति केही हासिल भइनसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (हाल बर्खास्त) डिल्लीराज विष्टदेखि करीब एक दर्जन बढी युवाको डिएनए परीक्षण गरिसकेको प्रहरीले रिपोर्ट ‘नेगेटिभ’ आएपछि अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । “घटनाको सुक्ष्मरूपमा धेरै विधि र प्रक्रिया अपनाएर अनुसन्धान चलिरहेको छ”, उहाँले भन्नुभयो । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर फर्किन लागेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । रासस

०००

यो पनि पढ्नुहोस :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारबाट टिकट भएका यात्रीले मात्र प्रवेश पाउने !

काठमाडौं, ७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारबाट टिकट भएका यात्रीले मात्र प्रवेश पाउने भएको छ ।

यही मंसिर १५ र १६ गते नेपालमा आयोजना हुने शान्ति, वातावरण र द्वन्द्व व्यवस्थापनसम्बन्धी एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गर्दै विमानस्थलमा यात्रीको प्रवेश र सवारी–साधन पार्किङको विशेष व्यवस्था मिलाउनुपर्ने भएकोले मूल प्रवेशद्वारबाट टिकट भएका यात्रीले मात्र प्रवेश पाउने भएको हो ।

यात्री बिरामी, अशक्त वा सहयोगी नभइ नहुने अवस्थाको भएमात्रै यात्रीको साथमा एकजनालाई प्रवेश दिने र यात्री ‘डिपार्चर’तर्फ लागेपछि सहयोगी फिर्ता भइहाल्नुपर्ने पनि विमानस्थलले जनाएको छ ।

त्यस्तै, सवारी–साधनहरु पनि यात्री अवतरण गर्नासाथ तत्कालै बाहिर प्रस्थान गर्नुपर्ने र होटल वा निजी गाडीलाई जहाज अवतरणको ५ देखि १० मिनेटअघिमात्र प्रवेश दिइने जनाइएको छ ।

०००

यो पनि पढ्नुहोस :

श्रीमती दोश्रो सन्तान जन्माउने तयारीमा तर श्रीमान् काठकाे बाकस आइपुगे, त्रिभुवन विमानस्थलमा हृदयविदारक दृश्य (भिडियो)

काठमाडौँ। बैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत ३७ बर्षिय बिष्णु घिमिरेको दुखत निधन भएको थियो। झापा माइधारा स्थायी घर भएका उनको पार्थिव शरीर नेपाल आइपुगेको छ ।

बिगत १३ वर्ष देखि कुवेतमा कार्यरत घिमिरे सुतेको अवस्थामै मृत फेला परेका हुन् । राजदुतावासले दिएको जानकारी अनुसार उनको हृदयघातको कारण मृत्यु भएको थियो । बेलुका सन्चै सुतेका उनलाई बिहान मृत भेटिए पछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।

कुवेतमा एजिलिटी कम्पनिमा सवारी चालकको रुपमा कार्यरत घिमिरेको श्रीमती र एक छोरा पनि छन् । श्रीमती गर्भवती भएको पनि खुल्नमा आएको छ । उनको एक भाई र एक बहिनी पनि छन ।

दुखद घटना घटेपछि उनको परिवारमा बज्रपात नै परेको छ । किनकी उनि एक्लैले पुरा परिवार धानेका थिए । अब आउने साल आफ्नो बहिनीको बिबाह गर्ने योजनामा थिए उनि । तर सबै सपना चकानाचुर भए । छोरा छोरीले बुबा गुमाए । श्रीमतीले श्रीमान गुमाए ।

उहाको शव नेपाल आइपुग्दा बिमानस्थलमै यस्तो भावविह्वल अबस्था देखियो :

०००

यो पनि हेर्नुहोस :

जापानबाट कान्ड मच्चाई भाईरल भएका जोडि यसरी माफि माग्दै (भिडियो)

काठमाडौँ । सबैको व्यक्तिगत जिन्दगी हुन्छ । केटाकेटीको मन मिलेपछि शारिरिक सम्बन्ध राख्नु पश्चिमाहरु सामान्य मान्छन जुन कुरा ढिलो चाँडो नेपालमा पनि भित्रीसकेको छ । जापानमा अध्ययनरत लिभिङ टुग्यादरमा रहेका एक जोडीले जोसमा होस गुमाए । नशाको तालमा भिडियो नखिच्नु पर्थ्यो खिचे । भिडियो खिच्दा न केटीको ध्यान पुग्यो न केटाको ? उक्त भिडियो डिलिट गरेको भएपनि समस्या त्यहिँ सुल्झिन्थ्यो तर मोवाइलमा सेभ भयो । इन्टरनेट भारी भाइरल भएपछी ती युवायुवतीले अन्तत माफी मागेका छन् र त्यो भिडियो आफैले सार्बजनिक नगरेको बरु अरु कसैले गरिदिएको बताएका छन् । भिडियो हेर्नुहोस :

०००

यो पनि हेर्नुहोस :

नेपाली चेली शृङ्खला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा

काठमाडौं, ६ मङ्सिर । नेपाली चेली शृंखला खतिवडा मिस वोर्ल्ड  २०१८ को सेमिफाइनलमा प्रवेश गरेकी छिन। विश्वभरबाट १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

शृंखलाले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्।

मकवानपुर घर भएकी २२ वर्षीय शृंखला खतिवडा समाजसेवी पनि हुन् । उनि पेशाले भने इन्जिनियर हुन् भने प्रतिष्ठित इन्जिनियरिङ कलेज पुल्चोक टपर पनि हुन् । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् ।

मिस वोर्ल्ड  २०१८ को  सेमीफाइनलमा पुगेपछि शृंखलाले आफ्ना समर्थकहरुलाई भनेकी छिन – ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’


०००

यो पनि पढ्नुहोस :

यी सुन्दरीका कारण एक सामान्य मासु पसल भयो एकाएक प्रख्यात ! (फोटो सहित)

एजेन्सी, ५ मङ्सिर । सुन्दरता महिलाको गहना हो । महिलाको सौन्दर्यले जो कोहीलाई पनि लट्ठ्याउने गर्छ । झन् पुरुषहरुको त के कुरा । उनीहरु अनेक बहाना बनाएर सुन्दर महिलाको नजिक हुन् खोज्छन् ।

आज हामी तपाइँलाई एउटी यस्तै सुन्दर महिलाको बारेमा जानकारी दिनेछौं । उनि दक्षिण कोरियाकी युवती हुन् । जो अत्यन्तै सुन्दर भएकै कारण चर्चामा छिन् । हुन त उनि सामान्य तरकारी र मासु पसल चलाएर बस्छिन् तर उनको यो पसल अहिले दक्षिण कोरियाकै नाम चलेको र लोकप्रिय पसलहरू मध्य एक बनेको छ, जसको कारण हो उनको सौन्दर्य ।

दिनहुँ उनको पसलमा मानिसहरुको भिड लाग्ने गर्छ । कोहि तरकारी र मासु किन्न आएका हुन्छन् भने कोहि उनलाई हेर्नैकै लागि बहाना बनाएर आएका हुन्छन् । त्यसबाहेक ती युवतीलाई मोडलिङ र फिल्म खेल्ने अफर लिएर पनि उनको पसलमा मानिस आउने गरेका छन् । तर उनलाई त्यो अफर स्वीकार्य हुँदैन किनकि उनि आफ्नै काममा रमाइरहेकी देखिन्छ ।

०००

यो पनि पढ्नुहोस :

आफ्नो जन्म दिनमा साम्राज्ञीले किन देखाइन माझी औंला ? (भिडियो सहित)

काठमाडौँ । एक पछि अर्को फिल्म हिट भएपछि निकै चर्चित र महँगो नायिकाको रुपमा परिचित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको थप चर्चा चुलिएको छ।

आइतबार राति उनको जन्मदिन मनाइएको केही भिडियो क्लिपहरु सार्वजनिक भएका छन्। जुन भिडियोमा देखिएका व्यवहार हेर्दा अलि अपच देखिन्छ। जसमा सबै जना रमाइलो गर्दै नाचिरहेका र मदिरा सेवन गर्दै निकै रमाइलो गरि रहेका दृश्यहरु देख्न सकिन्छ ।

उनका प्रेमीसहित केही साथीहरूसँग रमाइलो गरि आफ्नो जन्म दिन मनाएकी थिइन । नाच्दै रमाइलो गर्दै मदिरा पिउदै गरेको दृश्य पनि कैद भएका छन् भने उनले रमाइलो गर्दै हास्दै आफ्नो माझी औंला समेत देखाएको दृश्य कैद भएको छ । हेर्नुहोस भिडियो:

०००

यो पनि पढ्नुहोस :

धेरै बोलेको भन्दै श्रीमतीको जिब्रो नै काटिदिएपछि….!

एजेन्सी, ५ मङ्सिर । एक व्यक्तिले आफ्नै श्रीमतीको जिब्रो काटिदिएको समचार बाहिरिएको छ ।

आफुबिरुद्ध धेरै मुख चलाएको भन्दै ती श्रीमानले श्रीमतीको जिब्रो काटिदिएका हुन् ।

घटना उत्तर प्रदेशको कानपुरस्थित बर्राको हो, विवाहपश्चात माईतीबाट दाइजो नल्याएको भन्दै आकाश नाम गरेका एक पुरुषले आफ्नी श्रीमतीलाई पटक -पटक हातपात गर्ने गरेका थिए । गत कार्तिक २० गते दीपावलीको दिन श्रीमतीलाई जबर्जस्ति मादक पदार्थ खान लगाएर जिब्रो काटिदिएका हुन् ।

त्यस दिन पनि उनले आफूसँग मुखमुखै लागेको निहुँमा श्रीमतीको जिब्रो काटिदिएका हुन् । छिमेकी मिहिलाहरुको सहयोगमा पिडितले प्रहरीमा उजूरी गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

०००

यो पनि पढ्नुहोस :

भाबुक हुदै कोठाबाट सामान बोकेर बाहिरीए भाइरल जोडी (भिडियो)

काठमाडौं । यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हामीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ ।

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् । बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् ।

डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् । आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । आज यी जोडी पहिलेको कोठा छाडेका छन् । उनीहरु अहिले नयाँ कोठा सरेका छन् । एकदमै दु:खि भएका छन् हेर्नुहोस् भिडियो :

०००

यो पनि हेर्नुहोस :

कविता नेपालीलाई रात परेपछि फोन गर्ने को हुन् ? हिरोर्इनहरुको भन्दा बढी पारिश्रमिक लिन थालिन (भिडियो)

काठमाडौँ । नेपाली म्युजिक भिडियोमा यतिबेला निक्कै व्यस्त छिन् कविता नेपाली । एपिवान टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो वुगि वुगि विजेता हुन् कविता ।

एकपछि अर्को म्युजिक भिडियोमा कविताले काम गरी रहेकी छिन् । कविता भिडियोमा मात्र हैन् आफ्नो पढाईलाई पनि राम्रैसंग निरन्तरता दिईरहेकी छिन् ।

एक म्युजिक भिडियोको छांयाकन स्थलमा पुग्दा कविता केही फरक रुपमा देखिइन् । सांझ पर्न थालेपछि कवितालाई फोन गरेर गाली गर्ने व्यक्तीका बारेमा यसरी सुनाईन् ।

०००

यो पनि हेर्नुहोस :

सोझी युवती देखेर बाटोमा हिडिरहेकी युवतीको फोन खोस्न खोज्दा चोरले पायो जिन्दगि कै ठुलो पिडा (संसार भर भाइरल भिडियो)

एजेन्सी । हिजो आज एक निक्कै रोचक भिडियो संसार भर भाइरल भइरहेको छ । घटना हो ब्राजिलको । त्यहाकी सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई ती युवतीले आफ्नो फोन मात्र फिर्ता लिइनन  त्यसको बदला पनि राम्रो संग लिइन ।

फोन चोर्ने चोरले सोचेका थिए साधारण युवती होला भनेर । तर ती युवती थिइइन जिउ जुत्सु खेलाडी । फोन चोरेको लगत्तै ति युवकलाई पछारेर लक लगाई हाले । चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् ।

भाइरल भिडियोमा चोरले आफुलाई छोड्नको लागि रुदै  बिन्ती गरेको देखिन्छ तर युवतीले उसलाई छोडेकी छैनन् । युवतीले चोरलाई भुइमा लडाएर रुवाई रहेको दृश्य देखेर त्यहाँ भएका प्रत्यक्षदर्शीले भिडियो खिची हाले । जुन सामाजिक संजाल र इन्टरनेट भरी अपलोड भएपछी अहिले भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस ।

०००

पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’

–जमुनावर्षा शर्मा

चिप्लेढुङ्गा, ६ मङ्सिर । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ ।

पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँ थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आउनुभएको हो । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुनुहुन्छ ।

सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आउनुभएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गर्नुभयो । “एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताउनुभयो ।

उहाँले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताउनुभयो । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उहाँले टीकासमेत लगाउनुभयो । उहाँसँगै रहनुभएका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो ।

उहाँहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गर्नुभएको । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिनुभयो ।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाउनुभएका डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पु¥याउँदै आउनुभएको छ । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएको उहाँ अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुनुुहुन्छ ।

मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताउनुभयो । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताउनुभयो । पोखरामा उहाँहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गर्नुभएको थियो । उहाँहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राख्नुभएको थियो । रासस