राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्न पशुपतिमा भिख माग्दै (तस्बिर सहित)

काठमाडौ, ८ मङ्सिर । नेपाल सरकारले राष्ट्रपतिको लागी गाडी किन्न १८ करोड रुपैया राज्य कोषबाट छुट्टाए पछी अहिले देशभर बिरोध भइरहेको छ । सामाजिक संजालमा बृहत बिरोध र आलोचना त भै नै रहेको छ तर आज बिरोधको छुट्टै रुप पनि देखियो । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि गाडी किन्ने पैसा जुटाउन भन्दै आज केही युवाहरुले पसुपति मन्दिर परिसरमा भिख माग्दै गरेको फेला परे।

गरिब राष्ट्रको राष्ट्रपतिलाई विलासी गाडी खरिद गर्ने निर्णयको विरोध र व्यंग्य गर्न युवाहरुले भिख माग्ने कार्यक्रम राखेका हुन्। सरकार र राष्ट्रपतिको ध्यानाकर्ष्ण होस् भनेर उनीहरुले १–१ रुपैयाँ भिख माग्न बसेका हुन्। युवाहरुले समृद्दि हाम्रै पालामा, १८ करोडको झापड गणतन्त्रको गालामा, भन्ने नारा लेखिएका व्यंग्यात्मक प्लेकार्ड राखेर भिख मागेका थिए।

सरकारले भने १८ करोडमा एउटा गाडी खरिद गर्ने नभएर आधा दर्जन गाडीको मूल्य हो भनेर स्पष्टीकरन पनि दीइसकेको छ । फोटो फिचर हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

राष्ट्रपतिले १८ करोडको गाडी किन्ने भएपछी नायिका रेखा थापाले मुख खोलेकी छिन

काठमाण्डौ। नेपाल सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्न रकम निकाशी गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम निकाशा भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन्। गरिब राष्ट्रको राष्ट्रपतिले पहिलेको गाडी हुदाहुदै नया गाडी मगाउनु त्यति जरुरी त थिएन होला भन्ने सबैको जनगुनासो छ ।

यो विषयमा चर्चित अभिनेत्री रेखा थापाले पनि मुख खोलेकी छिन । फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्। फेसबुकमा उनले ‘कुरा १८ करोडको गाडीको होइन। तर यो लगानीले देशलाई के देला?’ भनेर प्रश्न गरेकी छन्। एक फोटो सहित फेसबुक स्टाटस लेखेकी रेखाले राष्ट्रपति प्रतिको असन्तुष्टि स्पष्ट देखिन्छ ।

रेखाले फेसबुकमा यस्तो लेखेकी छिन : ‘कुरा १८ करोडको गाडीको होइन यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई तर अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त? यो लगानीले देशलाई के दिन्छ?’

०००

यो पनि पढ्नुहोस :

१८ करोडको गाडी खरिदबारे बोल्यो सरकार, यस्तो रहेछ तथ्य

काठमाडौँ, ६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद भारे बिरोध भएपछी सरकारले यसको खण्डन गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा भने – राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयलाई लिएर अपमानित गर्न खोजियो ।

१८ करोडको एउटा गाडी खरिद गर्न लागिएको नभएर आधा दर्जन गाडी खरिद गर्न लागिएको हो । राष्ट्रपतिको सवारी खरिदको विषय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला नै उठेको भन्दै बाँस्कोटाले सरकारको निर्णय बचाउसमेत गरे।

सर्बसाधारणबाट राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बिरोध भएको इंगित गर्दै मन्त्री बाँस्कोटाले राष्ट्रपति र उपराष्ट्रपतिबाट यस्तो चाहियो, त्यस्तो चाहियो भनेर कहिल्यै माग नभएको दाबी गरे । यो सरकारको दायित्व भएको उल्लेख गरे।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

२०७५ साल मंसिर ३ गते सोमबार दिनको ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ :

१. विद्युत प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एशियाली विकास बैंकले प्रदान गर्ने थप २० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ ।

२. एशियाली विकास बैंकका तर्फबाट Urban Water Supply and Sanitation (Sector) Project

का लागि प्राप्त हुने १३० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

३. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग (तेस्रो संशोधन) निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

४. प्रत्येक स्थानीय तहमा स्थानीय तह मातहत रही काम गर्नेगरी एक रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।

५. प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको छ ।

६. इलाम जिल्लाको रोङ गाउँपालिकाको केन्द्र साविक कोल्बुङ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी वडा. नं ४, पहरीगाउँ कायम गरी नेपाल राजपत्रमा सूचना प्रकाशनका लागि स्वीकृति दिने निर्णय भएको छ ।

७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधा सम्बन्धी निर्देशिका (दोस्रो संशोधन), २०७५ स्वीकृत गरिएको छ ।

८. राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ स्वीकृत गरिएको छ ।

९. सर्वोच्च अदालत र मातहतका निकायहरूको संगठन संरचना र दरबन्दी सम्बन्धी संघीय मामिला तथा समान्य मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।

१०. जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

११. राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ, जसअनुसार अब सरकारले रु. ४०० र सम्बन्धित कर्मचारीले रु. ४०० थप गरी रु. ८०० बनाइएको छ ।

१२. गरिबी निवारण कोषको उपाध्यक्षमा निर्मलकुमार भट्टराई, तेह्रथुमलाई मनोनयन गरिएको छ ।

स्रोत : मन्त्रि बास्कोटाको वेबसाइटबाट

०००

यो पनि पढ्नुहोस :

बम दिदीबहिनी भन्छन – ’अपराधी लुकाउन हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो’ (हेर्नुहोस् भिडियो)

भक्तपुर। निर्मला हत्याकाण्ड भएको अहिले १०० दिन भन्दा बढी भइसकेको छ। तर निर्मलाले न्याय कहिले पाउने हो भन्ने कुराको टुंगो लागेको छैन। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा बम दिदीबहिनी शंकाको घेरामा परेका छन् । किन उनीहरू शंकाको घेरामा परे भन्ने विषयमा अहिले सर्वत्र चासो बढेको छ।

पन्त र रोशनी मिल्ने साथी थिए । भीमदत्त नगरपालिका–२ मा पर्ने सरस्वती मावि महुलिया उल्टाखाममा उनीहरू दुवै कक्षा ९ मा पढ्थे । बर्खे बिदाको छुट्टी चलिरहेको थियो । साउन २० गतेदेखि स्कुल खुल्ने तयारी थियो । निर्मलाको घरनजिकै थियो, स्कुल । सधैं स्कुल पढ्न आउने रोशनी उनकै घरमा आफ्नो साइकल राखेर जान्थिन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त घरमै चटपटे व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिइन् । रोशनीको प्रायः सधैंजसो निर्मलाको घरमा आउजाउ भइरहन्थ्यो । तर निर्मला कमै मात्रै रोशनीको घर जान्थिन् । त्यही पनि साथीहरूको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिइन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘भोलि मेरै घरमा आउनू, चटपटेको पैसा पनि दिनु छ, सँगै बसेर होमवर्क गरौंला’, साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिँदै दुर्गादेवी पन्तले भनिन्, ‘उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे नै गएकी थिई ।’

रोशनीको घरमा उनकी दिदी बबिता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् । होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताइए पनि उनी भने घर पुगिनन् । ‘म त्यही दिन सामान लिन वनवासा गएकी थिएँ’, दुर्गादेवीले भनिन्, ‘घर पुगेर निर्मला कहाँ छे भनेर खोजें, अरू छोरीले साथी रोशनीकोमा गएकी छ भने ।’ साँझ पर्न लाग्दासमेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगेको उनको भनाइ छ । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताए पनि उसकी दिदी आक्रोशपूर्ण शब्दमा आफूप्रति खनिएको उनले दुर्गादेवीले बताइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि उनको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनीकै घरमा गएर छोरी खोज्ने प्रयास गरें’, उनले भनिन्, ‘तर रोशनीकी दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखाइन् ।’

यस्तै यस्तै कारणले गर्दा उनीहरु शंकाको घेरामा परेका हुन्। उनीहरु शंकाको घेरामा परेका मात्र हुन् उनीहरुको केहि गल्ति छैन भन्ने कम नै छन्। धेरै जसोले उनीहरुको संलग्नता भएकै बताएका छन्। यद्धपि उनीहरु स्वयम् पनि संलग्नता भएको स्विकार्न तयार छैनन्। अनुसन्धान भने भइ नै रहेको छ।

हेर्नुहोस् बम दिदीबहिनीसँग गरिएको कुराकानी :