करोडौको गाडी र लाखौ रुपैया बैंकमा राखेको भन्दै बिरोध भए पछी लालबाबु पण्डितले जवाफ दिए (भिडियो हेर्नुहोस)

काठमाडौँ । लालबाबु पण्डितलाई एक साधारण नेताको रुपमा चिनिने गरिन्छ । हाल उनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन् । उनको जीवन पनि सादा छ। प्राय जसो नेताहरुको काठमाडौँमा घर छ तर लालबाबु पण्डित उनका श्रीमतीसंग अझै पनि भाडाको कोठा मै बस्ने गर्दछन ।

यति सादा जीवन बिताउने मन्त्रि लालबाबु पण्डितको पनि केहि समय यता आलोचना हुन थालेको छ । आलोचनाको कारण हो उनको श्रीमतीको बैंक खातामा लाखौ रुपैया हुनु । त्यसै गरी मन्त्रि भएपछी करोडौ रुपैयाको गाडी चढ्नु । राजनीतिक विश्लेषक तथा प्रोफेसर डा सुरेन्द्र केसीले त साइकल देखाएर लाखौ रुपैया श्रीमतीको बैंक खातामा राखेको भन्दै यो त पाखण्ड भयो भनेका छन् ।

सामाजिक संजालमा उहाको बिरोध भएपछी पछिल्लो एक अन्तर्वार्तामा मन्त्रि लाल बाबु पण्डितले त्यसको जवाफ दिएका छन् । हिजोका दिनमा साइकल मन्त्रि भनेर चिनिनु हुन्थ्यो तर त्यो पचिचान अब हराएको हो ? भनेर सोध्दा, उनले भनेका छन् – मन्त्रालयले दिएको सामान्य गाडी चढेको हु, जुन १० वर्ष पुरानो हो । अन्य धन सम्पत्तिको कुरा मैले सबै सम्पती विवरणमा खुलाएको छु । हेर्नुहोस तल अन्तर्वार्ता ।