खुसी हुँदै बिदा दिनुमा सपना र पृथ्वीराज यस्तो हालतमा भेटिए (भिडियो सहित)

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको खुसी हुँदै बिदा दिनु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार चेतन खत्रीको शब्द तथा नरेश भुर्तेलको संगीत एवम बाबुल गिरीले संगीत संयोजन गरेको गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक अधिकारीको छायाँकनमा बिजय राजले भिडियोको निर्देशन र सम्पादन गरेका छन् भने नायिका सपना खड्का र मोडल पृथ्वी राजले भिडियोमा मर्म स्पर्शी अभिनय गरेका छन् ।

केही चलचित्र, टेलिचलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा तारिफ योग्य अभिनय क्षमता देखाएकी सपना खड्काले यस गीतको भिडियोमा गरेको अभिनय प्रसंशनीय रहेको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :