नेपाली चेली शृंखला खतिवडाले नेपालको शिर ठाडो पार्दै, मिस वल्ड २०१८ को टप १० बलिया प्रतिसपर्धीभित्र, मिस वल्ड २०१८ जित्ने सम्भावना (भिडियो सहित)
काठमाडौँ । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि चीनको सान्यामा छिन । विश्वभरबाट आएका १२० सुन्दरीहरुसंग नेपाली चेली खतिवडाले प्रतिस्पर्धा गर्दै छिन ।
छनौट क्रममा शृंखला खतिवडा सबै भन्दा १० बलियो प्रतिष्पर्धीमा छनौट भएकी छिन । मकवानपुरकी चेली श्रृंखला खतिवडाले मिस वर्ल्ड टाइटल जित्ने सम्भावना अझ बलियो भएर गएको छ ।
२२ वर्षीय शृंखलाले पुल्चोक इन्जीनियरीङ कलेजबाट इन्जीनियरिङमा कलेज टप गरेकी थिइन । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् । त्यसैले उनलाई ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिल्यो ।
०००
यो पनि पढ्नुहोस :
इटालीमा गोप्य रुपमा बिबाह गरेका दिपिका पादुकोण र रणबिर सिंहको बिबाहको लिक भएको २५ तस्बिरहरु हेर्नुहोस (फोटो फिचर)
एजेन्सी । बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण अन्तत एक सात जुनीको लागी एक भएका छन् । उनीहरुले बिहीबार इटालीमा विबाह गरेका हुन् । केहि आफन्तलाई मात्र बोलाएर गरिएको उक्त बिबाहको तस्बिर भने खिच्न दिइएको थिएन । तर पनि बिबाहको तस्बिर लिक भएको छ । क्यामरामा कडाई गरिएकाले सो बिहेका तस्वीरहरु ढिलो गरि मात्र सञ्चारमाध्यममा आएका छन् । टाढाबाट अनि लुकी छिपी खिचिएको तस्बिरहरु भारतीय मिडियाले फेला परेका छन् । हेर्नुहोस ति २५ तस्बिरहरु :
०००
यो पनि हेर्नुहोस :
अमेरिकाबाट फर्किएर जेठी श्रीमती भेट्न गए, दुवै श्रीमतीलाई उस्त्तै माया र सम्मान गर्छु : शंकर बिसी (भिडियो)
काठमाडौँ । शंकर बिसी नेपाली लोक दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित नाम हो । उनी गायक मात्र हैन विशेष गरी उनि डान्सर र मोडल पनि हुन् । उनले आजको दिन सम्म हजारौ गितमा अभिनय गरिसकेका छन् ।
केहि महिना अगाडी अमेरिका गएर भर्खरै नेपाल फर्किएका बिसीले अमेरिकामा डान्स पनि सिकेर आए । उनले करिब ६ महिना हिपहप सिके । सिकेको कुरा अब म्युजिक भिडियोमा प्रयोग गर्ने बताएका छन् ।
अमेरिकामा बिसिको कान्छी श्रीमती पनि बस्दै आउनु भएको छ भने जेठी श्रीमती नेपाल मै बस्नु हुन्छ । उहासंग गरिएको ताजा कुराकानी हेर्नुहोस :
०००
यो पनि हेर्नुहोस :
किड्नी बेचेको आमाले थाहा पाए मर्नुहुन्छ भन्दै धर धरी रोइन रविना, स्वाथ्य नाजुक (भिडियो)
काठमाडौँ । रबिना बादी युट्युबमा एक चर्चित नाम हो । विशेष गरि उनका श्रीमान श्यामलाल ओलीसंग को सम्बन्धले गर्दा उनको चर्चा एक्कासि भएको थियो । उनको श्रीमानसंग मिलन भइसकेको खबर पनि आइरहेको छ तर वास्तविकता के हो अझै अन्योल मै छ । उनले आफ्नै गित र म्युजिक भिडियो पनि सार्बजनिक गरिसकेकी छिन ।
तिनै रबिना बादीले आफ्नो छोराको उपचारको लागी निक्कै गम्भीर कदम उठाएकी छिन । उनको बाबुको मुटुको उपचार र अन्य गम्भीर रोगको उपचार गर्न लाखौ रुपैया लाग्ने भएपछी भारत गएर आफ्नो मृगौला नै बेचेर आएकी छिन । उनले भारतको देहरादुनको दुना अस्पतालमा किड्नी बेचेकी थिइन । एक हप्तासम्म त्यहि अस्पतालमा उपचार गराएर अहिले उनी नेपाल आइपुगेकी छिन ।
पछिल्लो अन्तर्वार्तामा रबिनाले आमाको चिन्ता गरेकी छिन। उनले भनिन – यदि मैले किड्नी बेचेको आमाले थाहा पाउनु भयो भने मर्छिंन होला । भिडियो हेर्नुहोस :
०००
यो पनि पढ्नुहोस :
घना वस्ती भएको समुन्द्रको बिचको यो सानो टापू, जसको तथ्य थाहा पाउदा दुनिया चकित
एजेन्सी। एउटा विचित्रको टापुको खबरले सनसनी मच्चिएको छ । अफ्रिकी महादेशमा रहेको युगाण्डा र केन्याको सीमामा रहेको मिगिनगो आइल्याण्डमा अहिले चर्चामा छ । दक्षिण अफ्रिकाको समुद्र तटबाट केही माइल टाढा समुद्रको बीचमा रहेको यो टापुमा पहिले केहि रुख र बाजो जमिन थियो । तर अहिले त्यहाँ भरिभराउ टहराहरु बनेका छन् । आधा एकड क्षेत्रफलको यो आइल्याण्डमा अहिले खाली जमिन नै छैन ।
खाली सानो आइल्याण्डमा एकाएक टिनका झुपडीहरु बन्न थालेपछि यसभित्रको रहस्य बाहिर आएको छ । सैयौ मानिसहरुको आवाज जावत बढ्न थालेपछि यस आइल्याण्डको वास्तविकता बाहिरिएको छ । यो आइल्यान्डमा सैयौ वेश्यालयहरु संचालनमा रहेको खुलासा भएको छ । त्यति मात्र हैन कैयौं होटल, ब्युटी पार्लर, मसाज पार्लर चलिरहेका छन् ।
मिडिया रिपोर्टका अनुसार समुन्द्रमा धेरै माछाहरु पाइने भएपछी सुरुमा माझिहरु बस्न थालेका थिए यस टापुमा । तर पछि एकाएक बस्ति बढ्यो र मानिसहरुको आवाज जावत पढ्न थाल्यो । विस्तारै गलत धन्दाको विकास हुदै गएको थियो ।अहिले माछा मार्ने माझिहरु देखि अन्य क्षेत्रबाट यौन प्यास मेटाउन मानिसहरु त्यहा पुग्छन ।
थप तस्बिरहरु हेर्नुहोस :
०००
यो पनि पढ्नुहोस :
यिनै हुन् विश्व कै अग्लो प्रहरी, जसको उचाई नै ७ फिट ६ इन्च, वजन सुन्दा सबैको होस् उड्छ (भिडियो)
एजेन्सी । जगदिप सिंह जो पंजाव पुलिसमा कार्यरत छन् उनी सामान्य पुलिस अफिसर भन्दा भिन्न छन । उनि विश्व कै अग्लो पुलिस मानिएको छ । उनको उचाई ७ फिट ६ इन्च रहेको छ । उनको यो उचाई चर्चित रेस्लर ग्रेट खाली भन्दा पनि अग्लो हो ।
पन्जापको अमृतसर शहरमा कार्यरत उनी भारतको मात्र हैन पुरा विश्व कै अग्लो पुलिस दावी गरिएको छ । उनि यति अग्लो छन् की उनलाई सार्बजनिक सवारी साधन चढ्न, कार चढ्न, सौचालय गर्न सम्म अप्ठेरो पर्दछ । त्यति मात्र हैन उनलाई लगाउने जुत्ता देखि लुगा सम्म त्यसै गरी उनको सुत्ने ओछ्यान सम्म उनकै लागी भनेर बनाउनु पर्ने हुन्छ । त्यसैले उनलाई आफुले चाहेको ठाउ जान सहज छैन ।
आफ्नो मोटरसाइकलमा पुलिस चौकी जादा पनि निक्कै अप्ठेरो भएको उनि बताउछन । तर खुसीको कुरा उनलाई पुरा पंजावमा उदाहरणको रुपमा लिन्छन । उनको तौल पनि उचाई जस्तै छ १९० किलो ।
उनको जीवनमा एउटा रोचक प्रसङ्ग पनि छ, उमेर पुगे पछी उनले बिबाह गर्ने योजना बनाए तर उनको जोडी मिल्ने कोही केटी फेला परेन । धेरै खोज्दा पनि केटी नपाए पछी दिक्क भएका उनले अन्तत ५ फीट ११ इन्चको सुख्बिर कौरसंग बिबाह गरे । अहिले उनीहरुको जीवन सुख सयलले बितिरहेको छ । कहिँ बाहिर जादा सबैले हामीलाई सेलिब्रिटी झैँ आदर गर्छन, फोटो खिचाउछन – कौरले भनिन । उनलाई हेर्न त्यहामात्र हैन अन्य प्रदेशबाट पनि हेर्नकै लागी आउने गरेको जगदिपले बताए ।
हेर्नुहोस भिडियो :
०००
यो पनि पढ्नुहोस :
कस्तो अचम्म ! नेपाल मै भेटियो गाइले जस्तो दुध दिने गोरु (भिडियो)
काठमाडौँ । सुन्दा अचम्म लाग्ला तर हाम्रै नेपालमा गाईले जस्तो दुध दिने गोरु फेला परेको छ । गाईले बाछो पाएको त छैन तर दुध भने आएको छ । यो कुरा सुन्दा धेरैलाई पत्यार लाग्दैन तर सिन्धुपाल्चोकको हेलम्बु गाबिस वडा नम्बर ६ मा यस्तै गोरु फेला परेको छ । गोले तामाङ्गले पालेको गोरुले बिगाद २ वर्ष देखि दुध दिदै आएको छ । यो देखेर गाउले चकित भएका छन । भिडियो हेर्नुहोस :
०००
यो पनि पढ्नुहोस :
प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर सन्दिप लामिछाने
काठमाडौँ, १ पुस । “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।”
उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । “म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।”
क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ ले आफूलाई ब्रान्ड एम्ब्यासेडोर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा आज यहाँ बोलिरहेका थिए । इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।
“त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्टे«लिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए ।
कार्यक्रममा गारमेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२÷२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गर्नुभयो ।
‘‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनायांै त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’’, अध्यक्ष अर्यालले गुनासो गर्नुभयो ।
‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताउनुभयो । उहाँले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताउनुभयो । उहाँले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिनुभयो ।
‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिनुभयो । उहाँले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिनुभयो ।
०००
यो पनि पढ्नुहोस :
दुनियाकै खतरनाक पर्यटकीय स्थल ! जहाँ हजारौले ज्यान गुमाउने गर्छन ! (फोटो फिचर)
एजेन्सी। विश्वमा घुम्ने ठाउँहरु थुप्रै छन्। प्राकृतिक/कृतिम ठाउँहरु हुन्छन जहाँ हजारौ पर्यटकहरु आउने जाने गर्दछन् । तर कोहि यस्ता ठाउँहरु पनि हुन्छन जहाँ सुन्दरता मात्र होइन खतरनाक पनि हुन्छन । यस्तै विश्वका केहि खतरनाक पर्यटकीय स्थालको बारेमा थाहा पाउनुहोस्:
क्रोक्रोडाइयल एण्ड एलीफेन्ट किंगडम, थाइल्याण्ड
यस पर्यटकीय स्थलमा गोहीहरुको ठूलो संख्या रहेको छ। यहाँ घुम्न जाने पर्यटकहरु गोहीलाई खाना पनि खुवाउने गर्छन्। तर यहाँका गोहीहरुले घुम्न आउने धेरै पर्यटकहरुलाई धेरै पटक आक्रमण गरिसकेका छन्। केहिको त ज्यान समेत गैसकेको छ। तैपनि यहाँ घुम्न आउने पर्यटकको संख्यामा भने कमि आएको छैन।
नाट्रन लेक, तान्जानिया
यस तालमा रहेको अल्कली साल्ट क्रस्टले सम्पर्कमा आउने बितिकै जुनै पनि जीवित प्राणीको मृत्यु हुने गर्छ। यहाँ भएको हाइड्रोजन सल्फाइडको हावा मात्रैले पनि जो-कोहिको मृत्यु हुन सक्छ। तर यहाँ घुम्न आउने पर्यटकको संख्या भने राम्रै रहेको छ।
एर्टा अले, इथोपिया
एर्टा अले ज्वालामुखी दुनियाको सबै भन्दा असुरक्षित ज्वालामुखी मध्ये एक रहेको छ। यस क्षेत्रमा जहिले पनि लावा झर्ने गर्छ। यहाँ कयौ ज्वालामुखी विस्फोट हुने गर्छ। तर पनि यहाँ पर्यटकको भने कहिले पनि भिड लाग्ने गर्छ।
भ्याली अफ डेथ, रूस
रुसको कमचटका पेनिनसुलामा रहेको भ्याली अफ डेथ विषालु ग्याँसले भरिएको छ। यहाँ जीवित जनावर रा बिरुवा खोज्ने जो-कोहिलाई पनि निराशा मात्रै हात लाग्छ। यहाँ घुम्न जाने जो-कोहि पनि बिरामी पर्छ। तर पनि यहाँ घुम्न जाने व्यक्तिहरुको कमि भने छैन।
मदीदी नेशनल पार्क, बोलिभीया
यस पार्क भरी विश्वका विषालु बिरुवाहरु रहेका छन्। यी विरुवाको सम्पर्कमा आउने बितिकै जो-कोहिलाई पनि इन्फेक्सन हुन सक्छ। तर पनि यहाँ घुम्न जानेहरुको कुनै कमि छैन।