प्रदेश २ सरकारको सह्रानीय कदम : आउँदो माघ १ गतेदेखि उता जन्मिने छोरीको जीवन विमा सरकारले गरिदिने !

काठमाडौं, १६ पुस । आउँदो माघ १ गते देखि उता जन्मने शिशुको जीवन बिमा सरकारले गर्नेभएको छ ।

प्रदेश २ को प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो ।

प्रदेश २ मा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने प्रादेशिक जनाएको छ ।

तराईमा छोरीलाई गर्भमै भ्रुण हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन विमा गरिदिन लागेको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन विमा गरिदिन लागेको बताए ।