कास्कीमा एकै घरका तिन जना बाबु छोरा मिलेर ७३ बर्षिय बृद्धको निर्मम हत्या (भिडियो सहीत)

कास्की, १६ पुस । कास्कीमा एकै घरका ३ जना बाबु छोरा मिलेर एक ७३ बर्षिय बृद्धको हत्या गरेको खुल्न आएको छ । कास्कीको अन्नपुर्ण गाउपालिका वडा नं. १० स्थीत मोदी खोलामा पर्बतका ७३ बर्षिय बृद्ध दिल बहादुर सार्कीको शब फेला परेको थियो । उनलाई सोही ठाउँमा बस्ने ३१ बर्षिय बुद्धीमान सार्की, उनका बाबु ६० बर्षिय निम बहादुर सार्की र माइलो बुबा ७२ बर्षिय लाल सिंह सार्कीले कुटपिट गरी झोलुङ्गे पुलबाट फालेको कास्की प्रहरीले जनाएको छ । राती रक्सी पिएपछी उनीहरु बिच बिबाद भएको थियो । घटनामा संलग्नहरु पक्राउ परीसकेका छन । घटनामा संलग्न मानिसहरु सहित घटनाको सम्पुर्ण नालीबेली तलको भिडियोमा हेर्नुहोस :