बजाजले नया ‘पल्सर–२२० एफ’ ल्याउदै, एबिएस लगायतका यस्ता अन्य अत्याधुनिक फिचर हुने

काठमाडौँ, १६ पुस । युवाहरुले रुचाएको बजाजको ‘पल्सर–२२० एफ’ को नया २०१९ मोडल कम्पनिले सार्वजनिक गर्दैछ । यो मोडलको बजाज बाइक सर्बाधिक बिक्रि हुने मोडल मध्यमा पर्दछ ।

विभिन्न नया फिचर हरुका साथ सार्बजनिक हुने ‘पल्सर–२२० एफ’ मा नया इन्जिन पनि हुने छ । यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ । सुरक्षाको लागि अत्यन्तै आवश्यक एबिएस पनि भए बाइकको बिक्रि अझ बढ्ने छ ।

नया इन्जिन भएपनि २२० सीसी सिङ्गल सिलिन्डर इन्जिन मै आउने यस बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ । जसले गर्दा २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्दछ । यस बाइकको अत्यधिक गति भने १३४ किलोमिटर प्रतिघन्टा रहेको छ । पावर र अत्यधिक गति दिने भएपनि यो बाइकले प्रतिलिटर ३८ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ ।

सेग्मेन्ट मै ठुलो १५ लिटरको पेट्रोल ट्यांक रहेपनि ३.२ लिटर भने रिजर्भमा रहने छ । नया  पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर पनि दिएको छ । कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको भारतीय मिडियामा खबर छ ।

यो बाइक लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू  गरि चार रङमा बजारमा आउने छ ।