अब बिमान चालक र अन्य कर्मचारीको पनि मापसे चेकिङ हुने, वरिष्ठ क्याप्टेन विजय लामाले गरे आफ्नो कर्मचारीको मापसे चेक (फोटो सहित)

काठमाडौँ, १६ पुस । नेपाल वायुसेवा निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले  आफ्नो सामाजिक संजालमा केहि तस्बिर सार्बजनिक गर्दै आफ्नो बिमानका कर्मचारीको मापसे चेक सुरु भएको प्रमाणित गरेका छन । विमान जस्तो संबेदनसिल सवारीसाधनमा कार्यरत कर्मचारीले अझ बढी सजकता अपनाउनु पर्ने उहाको भनाई छ । उहा लेख्नु हुन्छ : ”हुनु पर्छ मा प से जाँच किनकी उड्डयन प्राधिकरण बाट प्राप्त निर्देशन अनुसार अनिवार्य मा प से जाँच हाम्रो निगम भित्र लागू भैसकेको बिधित गराउन चहान्छु यसै स्टेटस मार्फत तस्बिर सहित! तस्बिरले आफै बोल्छ!!!”

वरिष्ठ क्याप्टेन विजय लामाद्वारा प्रेसित भनाई र तस्बिरहरु तल हेर्नुहोस :

”कुनै पनि समय मा प से जाँचमा पर्न सकिन्छ भन्ने सचेतताको कारण अहिलेको समय सवारी साधन प्रयोग गर्दा प्राय जस्तो चालकले मदिरा सेवन गर्दैनन र यस्को नतिजा सडक दुर्घटना धेरैनै (उल्लेखनीय) घटेको कुरा उजागर गरि रहनु पर्दैन! धन्यवाद ती प्रहरी अधिकृत अनि जवानहरुलाइ ज जस्ले दिनहु सुरक्षित बनाइ दिएका छन सडकहरु!

हामी विमान चालक अनि विमान सङ सम्लग्न भएका सम्पुर्ण कर्मचारिहरुको पनि मापसे जाँच हुन्छ कि हुदैन भनेर जिग्यासा राखेनरु थुप्रै पाएको छु!

हुनु पर्छ मा प से जाँच किनकी उड्डयन प्राधिकरण बाट प्राप्त निर्देशन अनुसार अनिवार्य मा प से जाँच हाम्रो निगम भित्र लागू भैसकेको बिधित गराउन चहान्छु यसै स्टेटस मार्फत तस्बिर सहित! तस्बिरले आफै बोल्छ!!!

संबेदनसिल काममा संबेदनसिल सोचको सधै खाचो हुन्छ! हामी सदैव यहि सोचमा हुने गर्छौ!!!

हवाइ सुरक्षा हाम्रो पहिलो दायित्व अनि पहिलो प्राथमिकता!!!

जय चन्द्र सुर्य!

क्या. बिजय लामा

प्रबक्ता: ने बा नि”