आर्मी र जावलाखेलले अङ्क बाँडे

काठमाडौँ, १६ पुस | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेलले बराबरी खेलका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा आर्मी र जावलाखेलले गोलरहित बराबरीमा खेल्दै एक÷एक अङ्क बाँडेका हुन् ।

दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमै चित्ता बुझाएका हुन् । बराबरीसँगै आर्मीले १२ खेलबाट २२ अङ्क बनाउँदै तालिकाको चौँथो स्थानमा छ भने जावलाखेलले १२ खेलबाट १२ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ ।

लिगअन्तर्गत मङ्गलबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लब तथा तेस्रो खेलमा एपिएफ र नेपाल पुलिस प्रतिष्पर्धा गर्नेछन् । रासस