नेपालले भारतसंग बिजुली किन्ने हैन बेच्ने हो : कुलमान घिसिङ

काठमाडौं, १६ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको केहि समय मै बिजुली किन्ने हैन नेपालले बिजुली बेच्ने दाबी गरेका छन । घिसिङ प्राधिकरणको निर्देशक बनेर आएपछि बर्षौ देखिको लोडसेडीङको अन्त्य गर्ने निरनायक भूमिका निभाएका थिए । उनले देश मै उत्पादित बिद्युतको सहि ब्यबस्थापन तथा केहि बिद्युत भारतबाट खरिद गरेर लोड सेडिङको अन्त्य गर्न सफल भएका थिए ।

निर्माणाधीन अधिकांश जलविद्युत आयोजनाहरु अन्तिम चरणमा पुगेको हुनाले अब नेपालले भारतबाट विद्युत खरिद गर्ने हैन बिक्री गर्ने पोजिसनमा पुग्ने घिसिङको अनुमान छ । पत्रकार दिल निशानी मगरले उहासंग गरेको कुराकानी हेर्नुहोस :