हतियार कारोबारी एक युवक लैनचौरबाट पक्राउ

काठमाडौं, १६ पुस । लैनचौरबाट पेस्तोल र २ राउन्ड गोलीसहित एक युवकलाई पक्राउपरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेस्तोलसहित कालीकोटको रासकोट गाउँपालिका–२ घर भई काठमाडौं कपुरधारा बस्ने २० वर्षीय भोजराज खड्कालाई आइतबार राति ८ बजे पक्राउ गरेको हो ।

उनी हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । कपुरधारामा पक्राउ परेका उनलाई सोधपुछ गर्दा प्रहरीले लैनचौरस्थित उनको कोठाको लो बेडमुनि लुकाएर राखेको अवस्थामा एक कटुवा पेस्तोल र २ राउन्ड गोली पनि बरामद गरेको छ ।