भोलि भब्य रुपमा राष्ट्रिय पोशाक दिवस मनाईदै

काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ बर्षको दिन अर्थात पौष १७ गते राष्ट्रिय पोशाक दिवस मनाइदै छ ।

राष्ट्रिय पोशाक दिवसको अवसरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानद्वारा भोलि नेपाली मौलिकता र संस्कृतिको संरक्षणार्थ पोशाक समारोह कार्यक्रम नेपाल टुरिजम बोर्डको हलमा बिहान ११ बजे देखि संचालन गर्ने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलको प्रतिनिधि,नागरिक अगुवा,समाजसेवी,कलाकार,पत्रकार ,बिस्लेशकको बाक्लो उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

यसैबीच, बिगतका बर्षहरुमा जस्तै यसवर्ष पनि पुष १७ गते बिहान ८ बजे माईतिघर मण्डला देखि नया वानेश्वरसम्म “बृहत राष्ट्रिय पोशाक संरक्षण महाअभियान” सदभाब र्याली आयोजना गर्न लागिएको संस्थाका संयोजक राजानन्द माण्डव्यले जानकारी दिए ।